बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

३ दिनदेखि बाटोमै अलपत्र !

३ दिनदेखि बाटोमै अलपत्र !

आवश्यकताअनुरुप जोखिम मोलेरै भएपनि बिरामी तथा शववाहन र अन्य अत्यावश्यक सवारीसाधनलाई पास गराइएपनि सर्वसाधारण यात्रु भने ३ दिनदेअि राजमार्ग रोकिएका छन् ।


  • खगेन्द्र पराजुली,
  • भाद्र १४ २०७८, सोमबार

नवलपुर– पूर्वपश्चिम मुख्यमार्ग अन्तर्गत नवलपुरको गैंडाकोटमा यात्रुहरु ३ दिनदेखि अलपत्र परेका छन् । बिहीबार राति ९ बजेदेखि अवरुद्ध पूर्व–पश्चिम मुख्यमार्गको नवलपुर खण्ड अझै सञ्चालनमा आउन नसक्दा यात्रुहरु अलपत्र परेका हुन् ।
लगातार झरी परेका कारण बाढीले भत्काएको मुख्यमार्गको डाइभर्सन मर्मत गरिए पनि सुचारु गर्न कठिनाइभएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । शुक्रबार दिनभर लेदो र उच्च बहावसहित बाढी आएकाले मर्मतको कार्य गर्न नसकिएपनि पानीको सतह र बहाव घटेसँगै शुक्रवार रातिदेखि मर्मतको कार्य थालिएको थियो ।
सामान्य मर्मतपश्चात शनिबार केही समय एकतर्फी रुपमा आवागमन भएपनि अत्याधिक बर्षाका कारण डाइभर्सनमा थोपरिएको माटो–गेग्रानमा गाडी भासिने, माटो बग्ने समस्याका कारण सडक सञ्चालनमा ल्याउन कठिनाई भएको प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मधुसुदन सिंहले जानकारी दिएका छन् ।
प्रहरी निरीक्षक सिंहका अनुसार सडक स्तरोन्नतिको काम गरिरहेको चाइनास्टेट कम्पनीको हेभी इक्युप्मेन्ट साधनको प्रयोग भइरहेको छ । ‘सडक सामान्य रुपमै सुचारु गर्न निरन्तर ८० भन्दा बढी प्रहरी कर्मचारी खटिएका छन्,’ उनले भने । आइतबार दिनभर पनि सडक मर्मत गरिएको थियो ।
आवश्यकताअनुरुप जोखिम मोलेरै भए पनिबिरामी तथा शववाहन र अन्य अत्यावश्यक सवारीसाधनलाई पास गराइएपनिसर्वसाधारण यात्रुले भने निकै सास्ती भोग्नुपरेको छ । नवलपुर खण्डमा निरन्तर बर्षात् भइरहेकाले पूर्ववत् अवस्थामा यातायात सञ्चालनमा आउने सम्भावना कम रहेको प्रहरीले जनाएको छ ।


हुप्सेकोटमा खानेपानी अभाव
अविरल वर्षासँगैको बाढी–पहिराले खानेपानीको भौतिक संरचनामा क्षति पु¥याउँदा हुप्सेकोट गाउँपालिकाका स्थानीयमा खानेपानीको अभाव भएको छ । खानेपानीको मुहान र पाइपलाइनमा क्षति पु¥याएपछि बिहीबार रातिदेखि हुप्सेकोटमा खानेपानी आपूर्ति बन्द भएको हो ।
खानेपानीको मुख्य स्रोतहरु गिरुबारी खोला, बेतही खोला, सोती खोला र पत्थर खोलाको मुहान क्षेत्र वरपर २० भन्दा धेरै ठाउँमा पहिरो गए पछि खानेपानी वितरण पूर्ण रुपमा बन्द भएको देउराली हुप्सेकोट शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेकबहादुर पुलामीले बताए ।
‘ठाउँ ठाउँमा खानेपानीको पाइप बाढीले बगाएको छ,लगातार पानी परेकोले पहिरोले पुरेको स्थानमा पुग्न सकिएको छैन,’ अध्यक्ष पुलामीले भने, ‘क्षतिको विवरण एकिन गर्न सकिएको छैन ।’ उनले निरन्तर बर्षा भइरहेका कारण तत्काल मर्मत गरेरसहज रुपमा पानी वितरण कहिले गर्न सकिन्छ भन्ने अनिश्चित बनेको बताए ।
पानीको आपूर्ति बन्द भएपछि ३ हजार घरधुरी प्रत्यक्ष प्रभावित भएका छन् । मौसममा सुधार नआए सम्म खानेपानी वितरण सहज बनाउन नसकिने पुलामीले बताए । तत्कालका लागि ३ वटा टयांकरको प्रयोग गरेर खानेपानी वितरणको तयारी गरिएको अध्यक्ष पुलामीले जानकारी दिए ।
विनयीखोलामा झोलुंगे पुलमा क्षति
विनयी त्रिवेणीको विनयी खोलाको झोलुंगे पुलमा बाढीले क्षति पु¥याएको छ । विनयी त्रिवेणी १ को बगुवन र सिसेनी जोड्ने झोलुंगे पुलको एकातर्फको पिल्लर ढलाएको छ भने लठ्ठा समेत चुँडिएको स्थानीय भीमबहादुर सोमैले जानकारी दिए ।
गतसाल कात्तिकमा निर्माण सकिएर उद्घाटन गरिएको झोलुंगे पुल १० महिनामै क्षतिग्रस्त भएको छ । खोलापारी रहेका २ सय घरपरिवार वारपार गरी बजार–किनमेल, अस्पताल, गाउँपालिकाको कार्यालय आउजाउ गर्ने माध्यम भत्किएपछि स्थानीयको दैनिकीमा असहज भएको छ ।
बौदीकालीकामा ४ परिवारको उद्धार
विकट पहाडी गाउँपालिका बौदीकालीका ४ घरपरिवारलाई उद्धार गरि आफन्तकोमा आश्रय दिइएको छ । बस्तीमा पहिरो खस्न थालेपछि गाउँपालिकाको टोली, स्थानीय र प्रहरीको सहयोगमा बौदीकाली ४ रुचाङको उपल्लो कुवाकोटका तीनपरिवार र वडा नं. २ डेढगाउँका एक परिवारलाई उद्धार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->