बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पूर्व–पश्चिम मुख्यमार्ग : नवलपुर खण्ड छिचोल्नै सास्ती !

पूर्व–पश्चिम मुख्यमार्ग : नवलपुर खण्ड छिचोल्नै सास्ती !


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०७८, मंगलबार

नवलपुर/ बर्षातका कारण अवरुद्ध बनेको सडक सहज सञ्चालनमा आउन नसक्दा पूर्व पश्चिम मुख्यमार्गको नवलपुर खण्ड छिचोल्नै सास्ती छ । पूर्वपश्चिम मुख्यमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको गैंडाकोट र दाउन्ने पार गर्नै मुस्किल बनेको हो ।
गैंडाकोटमा भत्किएको डाईभर्सनबाट सहज वारपार नभएपनि जोखिम मोलेरै वारपार भएका सवारी साधन अहिले फेरी दुम्किवासमा रोकिएका छन् । ४ दिनसम्म गैंडाकोटको थुम्सीमा रोकिएका वसका यात्रु दुम्किवासमा रोकिनुपरेको हो ।
आशिंक रुपमा साना तथा हलुका र यात्रुसहितका गाडीहरु गैंडाकोटको डाइभर्सनवाट पार भएर पश्चिमतर्फ लागेपनि दाउन्नेमा पहिरो जाँदा बीचबाटोमै यात्रु अलपत्र परेका हुन् ।

ईलाका प्रहरी कार्यलय दुम्किबासका अनुसार पश्चिम नवलपरासीपट्टि खोर्साने खोला नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । पूर्वबाट आएका गाडीलाई नवलपुरको विनयी त्रिवेणी स्थित दुम्किवासमै रोकेर राखिएको छ ।
दाउन्ने क्षेत्रमा अहिले पनि बर्षा भइरहेको छ । निरन्तरको बर्षातका कारण बाटो हिलाम्मे छ । सडकमै बाढी सहितको पानी बग्दा बीच बाटोमै ठूल्ठूला कुलेसा र खाडल परेका छन् । होचा–हलुका–साना गाडीलाई दाउन्ने पार गर्न निकै कष्टकर हुने अवस्था छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->