बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरमा नेकपा एस गठन

नवलपुरमा नेकपा एस गठन


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०७८, मंगलबार

नवलपुर / नेकपा एमालेको विभाजनको असर नवलपुरमा पनि परेको छ । देशभरिमै माधव नेपाल पक्ष कमजोर मानिएको गण्डकी प्रदेशको नवलपुरमा नेकपा एकिकृत समाजवादी (एस)ले जिल्ला कमिटी घोषणा गरेको छ ।
आइतबार जिल्ला सदरमुकाम कावासोतीमा भएको भेलाले शालिकराम भटराईको संयोजकत्वमा ६३ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । नेकपा एमालेभित्र आन्तरिक संघर्ष चलेकैबेला यसअघि गठित समानान्तर कमिटीमा सदस्य थपेर कमिटी गठन गरिएको संयोजक भटराईले जानकारी दिए ।
भेलामा नेकपा एमालेमा व्यक्तिवादी नेतृत्व र दक्षिणपन्थी धार विकसित हुँदा ऐतिहासिक उपलब्धिमाथि क्रमिक रुपमा प्रहार हुँदै आउको बताउँदै संयोजक भट्टराईले भने, ‘संविधान, व्यवस्था र प्राप्त उपलब्धिको रक्षाका साथै कम्युनिस्ट एकीकरणका निम्ति नयाँ शक्तिका रुपमा नेकपा एसको उदय भएको छ ।’
भेलाले नेकपा एसको केन्द्रीय प्रतिनिधिका रुपमा नवलपुरवाट धनञ्जय शर्मालाई चयनसमेत गरेको छ । उक्त भेलामा अलमलमा परेका अग्रगमनकारी र क्रान्तिकारी नेता–कार्यकर्तालाई नेकपा एकिकृत समाजवादी पार्टीमा लाग्न अभिप्रेरित गर्दै आग्रह गर्ने निर्णयसमेत गरेको छ । नेकपा एसले राजनीतिक दलको मान्यता प्राप्त गरेसँगै जनप्रतिनिधिले समेत दल रोज्न पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->