बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

खोलामा डुवेर बालकको मृत्यु, नारायणीमा हाम फालेर युवक बेपत्ता

खोलामा डुवेर बालकको मृत्यु, नारायणीमा हाम फालेर युवक बेपत्ता


  • खगेन्द्र पराजुली
  • भाद्र २० २०७८, आइतबार

नवलपुर – नवलपुरमा खोलामा डुवेर ५ बर्षका बालकको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका-५ देउरालीका बसन्त तरामु मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीका अनुसार सनिवार साँझ खोलामा डुवेका बालकलाई उद्धार गरी मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका लागि पुर्याईएकोमा राती नै बालकको मृत्यु भएको हो ।

प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी दिलिपकुमार गिरीका अनुसार घर नजिकै रहेको भैंसेखोलामा ति बालक डुवेका हुन् । बाहिर खेल्दै गरेका बालक खोलातर्फ गएको फूपुले देखेपछि हतारिदै जाँदा पानीमा डुबेको अवस्थामा बालकलाई उद्धार गरि अस्पताल ल्याएका थिए ।

यस्तै, एक युवक नारायणी नदीमा हाम फालेर वेपत्ता छन् । आज आईतवार गैंडाकोटस्थित नारायणी पुलबाट रुपन्देही देवदहका एक युवकले हाम फालेर नदीमा हराईरहेको प्रहरीले जनाएको छ ।

हाम फालेको स्थानमा फेला परेको झोलाभित्र रहेका कागजात र परिचय पत्रका आधारमा देवदह-१० का २४ बर्षका विक्रम खत्री रहेको प्रहरीले जनाएको हो ।

आईतवार मध्यान्ह करिव १२ बजेतिर नदीमा हाम फालेका ति युवकको खोजी कार्य भैरहेको यद्यपि, साँझ ६ बजेसम्म फेला पार्न नसकिएको नवलपुर प्रहरीले जनायो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->