बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङमा नेकपा एसमा सनाखत गर्ने दुईजना मात्रै

बागलुङमा नेकपा एसमा सनाखत गर्ने दुईजना मात्रै


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०७८, सोमबार

बागलुङ/ सनाखतको समय सकिनै लाग्दा बागलुङमा दुईजना जनप्रतिनिधिले मात्रै नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीमा सनाखत गरेका छन् । निर्वाचन आयोगले दिएको समययावधी एक दिन मात्रै बाँकी रहँदा बागलुङमा एक वडा अध्यक्ष र एक कार्यापालिका सदस्यले मात्रै नेकपा (एस)मा सनाखत गरेका हुन् ।

बागलुङ नगरपालिका वडा नं. २ का अध्यक्ष जीवन आचार्यले नेकपा (एस)मा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बागलुङ नगरपालिकाकै कार्यपालिका सदस्य सिता थापाले पनि आँफु नेकपा (एस)मा रहेको भन्दै सनाखत गरेकी छन् ।

नेकपा एमाले विभाजन भएर माधव नेपाल नेतृत्वमा बनेको पार्टीमा बागलुङमा निर्वाचित जनप्रतिनिधिको संख्या कम देखिएको छ । जिल्लाभर चार जना पालिका प्रमुख÷अध्यक्ष र दुई जना उपप्रमुख÷उपाध्यक्ष एमालेबाट निर्वाचित भएका थिए । तीमध्ये अधिकांशले एमालेमा नै रहेको बताएका छन् । एमालेले जितेका वडाहरुमा फुटपछि बनेको नेकपा (एस)मा संगठित हुने जनप्रतिनिधिको संख्या कम देखिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->