बागलुङ/ नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्र्तगत सोमबार बागलुङका ८५ वटै वडामा वडा अधिवेसन सुरु भएको छ ।
समाचार तयार पार्ने बेलासम्म जिल्लाका ८५ वडामध्ये ६० बढी वडामा निर्विरोध सभापति र प्रतिनिधि चयन भएका छन् । तमानखोला गाउँपालिका वडा नं. १ मा दलप्रसाद पुन सभापति रहेको कार्यसमिति चयन भएको हो । त्यस्तै वडा नं. २ मा जीतबहादुर घर्ती, वडा नं. ३ मा प्रकाश पुन, वडा नं. ४ मा अशोक छन्त्याल, वडा नं. ५ मा तेजेन्द्र रामजाली र वडा नं. ६ मा चित्रबहादुर छन्त्याल निर्विरोध चयन भएका हुन् ।
गलकोट नगरपालिका वडा नं. १ मा सुवेदार हिमबहादुर भण्डारी, वडा नं. २ मा घनश्याम कुँवर, वडा नं. ३ मा नन्दराज शर्मा, वडा नं. ४ मा ओमकार सुवेदी र वडा नं. ५ मा पवन हमाल निर्विरोध सभापतिमा चयन भएका छन् । वडा नं. ६ मा राजबहादुर पुन, वडा नं. ७ मा बसन्त क्षेत्री, वडा नं. ८ मा हेम खरेल, वडा नं. १० मा भक्तबहादुर काउचा र वडा नं. ११ मा ओमप्रसाद श्रीष पनि निर्विरोध चयन भएका हुन् ।
बागलुङ नगरपालिका वडा नं. १ मा तेजेन्द्र आचार्य सभापतिमा निर्विरोध चयन भएका छन् । वडा नं. ३ मा रघुराम भारी, वडा नंं ४ मा बुद्ध बिष्ट, वडा नंं ५ मा फूलप्रसाद सापकोटा र वडा नंं. ६ मा पदमबहादुर केसी चयन भएका छन् । वडा नं. ८ छमबहादुर कार्की, वडा नंं. ९ मा राजु थापा, वडा नंं. १० मा कृष्ण थापा, वडा नं. ११ मा थमबहादुर थापा, वडा नं. १२ मा कोपिलामणी शर्मा र वडा नं. १४ मा हरिकुमार श्रेष्ठ चयन भएका छन् । वडा नंं १३ मा उमेदवार धेरै भएकोले टुंगो लगाउन नसकेको बताइएको छ ।
केन्द्रीय सदस्य किरण राज पौडेल, पार्टीका पूर्व सभापति प्रकाश शर्मा पौडेल लगायतका नेता रहेको पैयुपाटामा सबैभन्दा धेरै उम्मेदवार बनेपछि सहमति जुट्न नसकेको हो । जिल्लाभरिमै यहाँ क्रियाशिल सदस्य समेत बढी छन् । यहाँ ७ सय ३ जना क्रियाशिल सदस्य छन् ।
जैमिनी नगरपालिका वडा नंं. १ मा हरिप्रसाद शर्मा, वडा नंं. ३ मा यामबहादुर थापा, वडा नं. ४ मा यामबहादुर शाही, वडा नं. ६ मा राजु थापा र वडा नं. ९ मा कटक राना निर्विरोध निर्वाचित भए । अन्य वडामा मध्यरात सम्म टुंगो लगाउने तयारी रहेको शिक्षक संघ जैमिनीका अध्यक्ष टेकनारायण आचार्यले जानकारी दिए ।
बरेङ गाउँपालिका वडा नंं १ मा पूर्णबहादुर थपा,वडा नं. ३ मा केयरसिंह थापा ४ मा कमानसिंह पुन र ५ मा होमबहादुर पुन निर्विरोध वडा सभापति चयन भएका छन् । वडा नंं २ को सहमति नभएपछि मंगलवार सम्मलाई सरेको छ ।
ढोरपाटन नगरपालिकाको वडा नंं १ मा बाहेक सबैमा सर्वसम्मत नेतृत्व टु्ंगो लागेको छ । वडा नंं २ मा जीतबहादुर कुँवर, वडा नंं ३ मा लोकबहादुर बिक, वडा नंं ४ मा थमबहादुर कार्की, वडा नं. ५ मा भरत कुँवर, वडा नंं ६ मा प्रेम भण्डारी, वडा नंं ७ मा होमबहादुर थापा, वडा नं. ८ मा भेगबहादुर बिक र वडा नंं ९ मा तिलक बुढा सभापतिमा चयन भएका हुन् । काठेखोला गाउँपालिका वडा नंं १ मा गणेश नेपाली, वडा नंं २ मा बिदुर भण्डारी, वडा नंं ३ मा दिपेन्द्र राना, वडा नंं ५ मा हरि सापकोटा, वडा नंं ७ मा मिनसागर गुरुङ र वडा नं ८ मा मोमबहादुर रोका सभापति चयन भएका छन् । तराखोलामा भने टेलिफोन सम्पर्कको समस्याले सूचना आउन सकेको छैन ।
अघिल्ला बर्षको तुलनामा यो अधिवेसनमा वडा बाट युवाहरुको बाहुल्यता बढेको छ । ‘हाम्रो गाउँपालिका भित्रका सबै सभापति ३० बर्ष भित्रका छन्’ तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भने, ‘अब जिल्ला र केन्द्रमा पनि युवाको खोजी भएको छ ।’ बुढाले क्षेत्रीय सभापति दावी गरेका छन् ।





