बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सबै खोप नियमित गर्न अपिल

सबै खोप नियमित गर्न अपिल


  • ढोरपाटन संबाददाता
  • भाद्र २४ २०७८, बिहिबार

पोखरा/ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरुलाई कोरोना विरुद्धको खोपसँगै नियमित खोप कार्यक्रम विस्तार गर्न अपील गरेको छ ।

दक्षिणपूर्वी एसिया क्षेत्रीय समितिको ७४औं बैठकमा बोल्दै क्षेत्रीय निर्देशक डा. पूनक खेत्रपाल सिंहले कोरोना विरुद्धको खोपमा केन्द्रित हुँदा नियमित खोप सेवा अवरुद्ध भएकाले सरुवा रोगको जोखिम बढेको बताइन् ।

‘महामारीको कारणले गर्दा खोपद्वारा रोकथाम गर्न सकिने रोगहरू सम्बन्धित खोप सेवा तथा निगरानी प्रक्रिया अवरुद्ध भएको हुनाले यी रोगहरूको जोखिम बढिरहेको छ । यस सम्बन्धमा विभिन्न प्रयासहरू गरिराखिएको भए पनि अझ धेरै गर्नुपर्ने आवश्यकता छ, विशेषगरी उपराष्ट्रिय तहमा र यी सेवाहरू नपुगेका वा पर्याप्त मात्रामा नपुगेका समुदायमा पुग्नका लागि,’ बैठकमा उनले भनिन् ।

महामारीको प्रारम्भमा भएको उल्लेखनीय प्रगतिको स्मरण गराउँदै डा. सिंहले दक्षिणपूर्वी एसियाका देशहरूले महामारीको दौरानमा अत्यावश्यक सेवा पुनः सञ्चालन गर्दा नियमित खोप कार्यक्रमहरूलाई प्राथमिकता दिएको भए पनि यस क्षेत्रको डीपीटी कभरेज ८५५ मा झरेको बताइन् । सन् २०१९ मा खोप नै नलगाएका वा पूर्ण रूपमा खोप नलगाएका बालबालिकाको संख्या ३० लाख रहेकोमा हाल सो संख्या बढेर ४९ लाख पुगेको उनको भनाइ छ । खोपले रोकथाम गर्न सकिने रोगहरूको निगरानी प्रक्रिया पनि प्रभावित भएकोमा उनले चिन्ता व्यक्त गरिन् ।

कोभिड–१९ महामारीले यस क्षेत्रको प्रमुख प्राथमिकतामा रहेको दादुरा र रुबेला उन्मूलनका रणनीतिहरूको कार्यान्वयनमा पनि असर पारेको छ । दादुरा विरुद्धको खोपको पहिलो मात्राको अनुमानित कभरेज दक्षिणपूर्वी एसिया क्षेत्रमा सन् २०१९ मा ९४५ रहेकोमा सन् २०२० मा घटेर ८८५ पुगेको छ ।

त्यसैगरी, दादुरा विरुद्धको खोपको दोस्रो मात्राको कभरेज पनि सन् २०१९ मा ८३५ रहेकोमा सन् २०२० मा घटेर ७८५ पुगेको छ । कोभिड–१९ महामारीका कारण विभिन्न देशमा निगरानी प्रक्रिया पनि अवरुद्ध हुनुका साथै बृहत खोप अभियान तथा अन्य खोप सम्बन्धित क्रियाकलापहरूको कार्यान्वयन पनि प्रभावित भएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->