
स्याङ्जा/ डिजाइन फेल हुँदा ९ वर्षबाट अलपत्र परेका कालिगण्डकी नदीका दुइटा मोटरेबल पुल बनाउन बल्ल सुरु भएको छ । पुलको नयाँ डिजाइन बनेसँगै निर्माण प्रक्रिया अघि बढेको हो ।
स्याङ्जाको चापाकोट ८ र रामपुर ६ पाल्पा जोड्ने दामाचौर पुल तथा चापाकोट ९ र रामपुर ६ जोड्ने निर्दिमघाट पुल सडकविभागको पुल महाशाखाको डिजाइन फेल हुँदानिर्माण प्रक्रिया९वर्षदेखि अलपत्र परेको थियो ।
सम्झौता भएको ३ वर्षमा काम सक्ने गरीएकै दिन सम्झौता गरिएका ती २ पुल डिजाइन गलत भएको पुष्टिसँगै रोकिएका थिए । ती पुल बनाउन २०६८ साल असार २६ गते एमएस इलाइट एसबिए जेबी कपन काठमाडौले दामाचौर पुल र निर्दिमघाट पुल कन्काई÷मिलिनीयम÷नेपाल प्रगति जेभिले सम्झौता गरेको थियो ।
बेल फाउन्डेसनडिजाइनमा काम गर्ने गरी सडक डिभिजन कार्यालय पाल्पाबाट जिम्मा पाएका दुवै पुलका निर्माण कम्पनीले नदीको मध्यभागमा पिलर बनाउने क्रममा डिजाइनअनुसार निर्माणको काम अगडिी नबढेपछि पुल बन्ने प्रक्रिया रोएिको हो । डिजाइन फेलबाट मोटरेबल पुल अलपत्र भएपछि स्थानीयले चर्को विरोध गरेका थिए । उनीहरुको विरोधपछि सम्झौता भएको ८ वर्षपछि बल्ल नयाँ डिजाइन बनाइएको थियो ।
पुल माहाशाखाले बन्न नसकेका पुलका पिलरलाई बेल फाउन्डेसनको सट्टामा पाइल फाउन्डेसनमा गर्नेगरी डिजाइन गरिएको छ । डिजाइनअनुसार वेल १५/१५ मिटर जमिन मुनिदब्नु पर्नेमा ५मिटरभन्दा तल चट्टान भेटिएपछि निर्माण थालेको ६ महिना पश्चात काम गर्ने प्रक्रिया रोकिएको थियो ।
६ वर्षअघि नै निर्माण सकेर पुल सरकारलाई हस्तान्तरण गर्नुपर्नेमा काम नसकिँदा आफू चिन्तित भएकोमा अब भने केही आशावादी भएको दामाचौर पुलका निर्माण व्यवसायी श्याम केसीले बताए । उनले भने, ‘डिजाइन नयाँ बनेसँगै चाँडै पुल निर्माण गरेर हस्तान्तरण गर्ने हो ।’
दामाचौर पुल भ्याट बाहेक १५ करोड ६८ लाख १३ हजार रुपैयाँमा निर्माण सक्ने गरी इलाइटले जिम्मा लिएको थियो । इलाइटले ६०/६० मिटरका ३ स्पाममा १८१.६९ मिटर लम्बाई रहेको पुलमा ४ पिल्लर राख्ने गरी काम थालेको थियो ।
२ छेउका पोल निर्माण सकिँदा रोकिएको दामाचौर पुलको अहिले बीचको एक पोल निर्माण कम्पनीले ठडाएको छ भने एक पोलको पाइलको काम सकेको छ । यस्तै,१ सय ५० मिटर लामो, ३स्पामका काम सक्ने गरी निर्दिमघाट पुल १२ करोड ४८ लाखमा कन्काई/मिलिनियम/नेपाल प्रगति जेभीलेसम्झौता गरेर कामलाई अगाडि बढाएकोमा छेउका दुई पीलर र बीचको एक पिलर निर्माण पश्चात रोएिको थियो ।
दामाचौर पुलजस्तै डिजाइन परिवर्तनसँगै पाइल फाउन्डेसनमा चौंथो पिलरको काम सकेको र आगामी असारभित्र काम सक्ने निर्माण कम्पनीका याम बहादुर श्रेष्ठले बताए । पुल निर्माणका लागि ल्याएका रड, सिमेन्ट लगायतका सामाग्री बिग्रेको र लाखौं क्षति पुगेको बताउँदै श्रेष्ठले सरकारले डिजाइन परिवर्तन सगै २० प्रतिशत बजेटमात्र थप गरेको सुनाए ।
पुलको निर्माणले भारतबाट ज्याग्दी खोला करिडोर हुदै आधिखोला करिडोर, पर्वत, मुक्तिनाथ हुदै चिन पुगिने स्थानिय गोपाल भण्डारीले बताए । पुलको प्रयोगबाट स्थानीयस्तरमा उत्पादित नगदेबाली बुटवल, नारायणगढ जस्ता ढाउँमा लैजान सकिने बताउदै भण्डारीले पुल निर्माण नहुदाँ स्थनीय मर्कामा परेको उनले बताए ।





