पोखरा/पोखरा रंगशालामा निमार्णाधि फुटबल मैदानको काममा ढिला सुस्ति देखिएको छ ।

१७ हजार ५ सय दर्शक सिट क्षमता प्यारापिट सहितको फुटबल मैदानको काम ३ वर्षमा ४ पटक म्याद थप गरिएपनि अझै सम्पन्न हुन सकिरहेको छैन् ।


नेपालमा आयोजना भएको १३ औँ सागलाई लक्षित गरि निमार्ण गरिएको मैदानको काम अझैसम्म पनि सम्पन्न हुन नसकेको हो । १३ औँ सागमा पोखराको निमार्णाधिन फुटबल मैदानमा बलजफ्ती महिला फुटबलको आयोजना गरिएको थियो ।

जुन समयमा दिनरात काम भएपनि हाल कछुवा गतिमा काम अघि बढिरहेको छ । फुटबल मैदान सम्पन्न गर्न आगामी मसान्तसम्म म्याद थप समेत गरिएको छ ।

यो चौथो पटक म्याद थप गरिएको हो । आर्थिक कुरामा रोक नभए आगामी ६ महिनाभित्र सम्पूर्ण काम सम्पन्न हुने प्रोजेक्ट इन्जिनियर पुरुषोत्म बरालले जानकारी दिए ।

‘यो चौथो पटक म्याद थप गरिएको हो । अब चेन्जिङ रुमको फिनिसिङ गर्न बाकीँ छ’ उनले भने । फुटबल मैदान पुन निमार्ण गर्न १ अर्ब २८ करोड छुट्टिएको हो ।
तस्वीर : विजय नेपाली /ढोरपाटन





