पोखरा/ जनप्रिय बहुमुखी क्याम्पसको एमविए इन हस्पिटालिटी म्यानेजमेन्ट दोस्रो सेमेस्टरको परीक्षाफल प्रकाशन भएको छ । एमविए दोस्रो सत्रको नियमित परीक्षामा ९५ प्रतिशत विद्यार्थीले उत्कृष्ट नजिता ल्याउन सफल भएका छन् ।
असार ३० गतेदेखि साउन ५ गतेसम्म सो परीक्षा संचालित भएको थियो ।क्याम्पस प्रमुख बिरञ्जी गौतमका अनुसार क्याम्पसमा अध्ययनरतबीबीए सङ्कायका दुई जना विद्यार्थी नेपाल भरिकै प्रथम, दुई जना विद्यार्थी दोस्रो र एक जना विद्यार्थी तेस्रो हुन सफल भएको जानकारी दिए ।
जनप्रिय बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धन र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर मान्यता प्राप्त गरेको छ । जनप्रियले आफ्नै पहलमा पाठ्यक्रम तयार गरी स्वायत्त कार्यक्रम अन्तर्गत एमविए इन हस्पिट्यालिटी र स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन (बिएमटिएम) को शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रात र दिवा सत्रमा ५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।





