
तनहुँ/ तनहुँको बेलचौतारामा निर्माण गरिएको सोलार आयोजनाले विद्युत उत्पादन थालेको छ । सोलार फार्म प्रालिले निर्माण गरेको आयोजनाले मंगलबारदेखिउत्पादन थालेको हो । योसँगै राष्ट्रिय प्रशारण लाइनमा ५ मेगावट विद्युत थपिएको छ ।
आयोजनास्थलबाट ५ सय मिटरको दूरीमा रहेको बेलचौतारा सबस्टेसनमाउत्पादित विद्युत जोडिएको हो ।ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुषालले मंगलबार सोलार आयोजनाबाटउत्पादित विद्युतको उद्घाटन गरिन् ।
कार्यक्रममा मन्त्री भुषालले राज्यले मिश्रित ऊर्जाको नीति अपनाएको बताइन् । ‘हामीले उत्पादन गरेको जलविद्युतमा १० प्रतिशत सोलार शक्ति मिश्रण गराउने गरेका छौं’, उनले भनिन् । सरकारले जलशाययुक्त जलविद्युत आयोजनालाई प्राथमिकता दिएको उनको दाबी छ ।
बत्ती बाल्न मात्रै नभएर सबै क्षेत्रमा विद्युतीय ऊर्जाको प्रयोग बढाउनुपर्नेमा मन्त्री भुषालको जोड छ । उनले भनिन््, ‘डलर तिरेर ल्याएको डिजेल, पेट्रोल, डलर तिरेर ल्याएको एलपिजी ग्याँसलाई क्रमश विस्थापित गरेर हाम्रै देशको ऊर्जा प्रयोग गर्न सक्यौं भने देशभित्रकै स्रोत खर्चिन्छ । व्यापारको असन्तुलन न्युनीकरण गर्न सकिन्छ । जसले गर्दा व्यापारा घाटा कम हुन्छ ।’ भान्सामा विद्युतीय चुलोसँगै सडकमा विद्युतीय यातायातको प्रयोगलाई बढवा दिनुपर्ने उनले सुझाइन् ।
उनले आफूले मन्त्री भएर मन्त्रालयको कार्यभार सम्हालेपछि गरिबीको रेखामुनि रहेका जनतालाई २० युनिटसम्म खपत भएको विद्युत निशुल्क गराउने निर्णय गरेको जानकारी गराइन् । जसबाट साढे २८ लाख परिवार लाभान्वित हुनेछन् । विद्युतको मुल्य घटाउन पनि लागेको उनको जिकिर छ ।
सोलार फार्म प्राली निजी क्षेत्रबाट नेपाल विद्युत प्राधकिरणसँग विद्युत विक्री सम्झौता गर्ने पहिलो कम्पनी हो । नेपाल विद्युत प्राधिकरणसंग २०१९ जुलाईमा विद्युत उत्पादन गर्ने शर्तसहित सार्वजनि निजी साझेदारी (सानिसा) सम्झौता भएको थियो । कोरोना कहरले आयोजना निर्माणमा ढिलाइभएको अध्यक्ष मोहन गुरुङले बताए ।
शुक्लागण्डकी नगरपालिका५, बेलचौतारामा भानुभक्त बहुमुखी क्याम्पसको एक सय रोपनी जग्गा भाडामा लिएर सोलार आयोजना निर्माण गरिएकोहो ।२ वर्षको २७ लाख रुपैयाँ क्याम्पसले जग्गा भाडा बुझ्नेछ । २५ वर्षसम्मकालागिजग्गा कम्पनीले लिने सम्झौता छ । उक्त सम्झौता सकिएपछि पनि फेरि५ वर्ष उपभोग गर्न पाउने उल्लेख छ ।
१३ हजार ५ सय सोलार प्यानल जडान गरी विद्युत उत्पादन थालेको आयोजनाका निर्देशक शंकरजंग गुरुङले जानकारी दिए । उनका अनुसार ४३ करोड रुपैयाँ लगानी गरिएको छ । ‘कोरोनाले निर्माणमा ढिलाई हुदाँ एक करोड रुपैयाँ लागत बढ्यो । सुरुमा ४२ करोड रुपैयाँ लागत अनुमाग गरेका थियौं’, उनले भने । कुमारी बैंक, डोल्मा इमप्याक्ट फन्ड, नेपाल कर्पोरेटिभ इन्भेस्टमेन्ट समुहसँगै एनआरएनए र स्थानीयवासीले समेत लगानी गरेका छन् ।
सोलार फार्मले स्थानीयका लागि आईपीओ (प्राथमिक शेयर) जारी गर्ने भएको छ । स्थानीयलाई अपनत्वका महशुस गराउन प्राथमिक शेयर खुलाउने तयारी भएको अध्यक्ष गुरुङले बताए । आयोजनाबाट वार्षिक ८७ लाख युनिट विद्युत उत्पादन हुने जनाइएको छ । पिपिए सम्झौता अनुसार यहाँ उत्पादित ५ मेगावटसम्म विद्युत प्रति युनिट ७.३० रुपैयाँमा नेपाल विद्युतप्राधिकरणले खरिद गर्नेछ । ५ मेगावट बढी भएमा प्रतियुनिट ३.६५ रुपैयाँका दरले आयोजनाले प्राधिकरणलाई विक्री गर्नुपर्ने सम्झौता गरिएको छ । ६ बर्षमा लगानी सुरक्षित हुने कम्पनीको दाबी छ ।
सोलार आयोजनाको निर्माण भारतिय कम्पनी रेनेर्गोले गरेको हो । बेलचौताराबाट उत्पादन थालेपछि सोलार फार्म प्रालीले अब म्याग्दीमा १२ र तनहुँमा ३ मेगावटको सोलार आयोजनाको काम सुरु गर्ने उद्घोष गरेको छ ।





