बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

स्वास्थ्यचौकीलाई अक्सिजन

स्वास्थ्यचौकीलाई अक्सिजन


  • ढोरपाटन संबाददाता
  • भाद्र ३१ २०७८, बिहिबार

पोखरा/ गण्डकी प्रदेश सरकारका कानून संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले समाज सेवामा रोटरी क्लव अफ पोखराको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।

पोखरा २१ ले निर्मलपोखरी स्वास्थ्य चौकीमा आयोजना गरेको अक्सिजन कन्सलटेटर र सिलिण्डर हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले रोटरी क्लवले स्वास्थ्य, शिक्षा र समाज विकासका कार्यमा अग्रसरता लिएको बताउनुभयो ।

मन्त्री थापाले निर्मलपोखरी र कृस्ती लगायतका ठाउँहरुमा विकास निर्माणका कामलाई गतिशिलता दिन आफ्नो पहलकदमी हुने बताए । आन्तरिक तथा बाह्य पर्यटकका लागि निर्मलपोखरी र कृस्ती नयाँ गन्तव्य हुनसक्ने उनको भनाइ थियो ।

कार्यक्रममा रोटरी क्लव अफ पोखराका अध्यक्ष निर्मल कर्माचार्यले आफुहरुले अहिले कास्कीका ग्रामीण भेगमा रहेका स्वास्थ्यचौकीहरुमा अक्सिजन कन्सलटेटर र सिलिण्डर सहयोग गरिरहेको जानकारी गराए । कमाचार्यले राजनीति गर्ने नेताहरुमा समाज सेवाको भावना समेत जाग्नुपर्ने उल्लेख गर्नुभयो । रोटरी क्लवले मंगलबार पोखरा १६ जोगीमणि स्थित अर्मला स्वास्थ्यचौकीलाई समेत अक्सिजन कन्सलटेटर र सिलिण्डर उपलब्ध गराएको छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->