बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङ नगर सभापतिमा तरुण अध्यक्ष शर्माको उमेदवारी घोषणा

बागलुङ नगर सभापतिमा तरुण अध्यक्ष शर्माको उमेदवारी घोषणा


  • Dhorpatan News
  • असोज २ २०७८, शनिबार

बागलुङ/नेपाल तरुण दल बागलुङका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’ले नेपाली कांग्रेस बागलुङ नगर सभापतिको उमेदवारी घोषणा गरेका छन् ।
आसन्न चौधौं महाधिवेसनकोलागि असोज ९ गते हुने नगर अधिवेसनकालागि उनले उमेदवारी घोषणा गरेको बताए । नेपाल तरुणदल बागलुङको जिल्ला नेतृत्व सम्हालेका शर्माले भातृ संगठन हुँदै पार्टीको नेतृत्वका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

२०४३ सालदेखि विद्यार्थी राजनीति सुरु गरेका शर्मा विद्यालय हुँदै क्याम्पस स्तरमा विभिन्न समयमा नेविसंघको नेतृत्व तहमा रहेर काम गरेका थिए । शर्मा १२ औं महाधिवेशनमा बागलुङ क्षेत्र नं. १ को क्षेत्रीय सचिव पनि भैसकेका थिए । शर्मा बागलुङ उद्योग बाणिज्य संघको बरिष्ठ उपाध्यक्ष पनि हुन् ।

केही समय जिल्ला खेलकुद विकास समितिको कार्यवाहक अध्यक्ष समेत भएका शर्मा राजनीतिमा सफल खेलाडीको रुपमा समेत चिनिन्छन् । सामाजिक क्षेत्रमा पनि उनी सक्रिय छन् । तरुणदलको अध्यक्ष हुँदा ७० वटा वडामा संगठन बिस्तार र अधिवेसन सम्पन्न गरिसकेकोले पार्टीमा पनि जिवन्तता दिने काम गर्ने बताए । उनले आफ्नो कार्यकालमा सबै वडामा पार्टी कार्यालय खोल्ने, क्रियाशिल सदस्यता चुस्त बनाउने, पारदर्शीता कायम गर्ने जस्ता प्रतिवद्धता पनि जनाएका छन् । कांग्रेस कार्यकर्तालाई व्यवसायमा जोड्ने, उद्यमशिलता बनाएर लैजाने उनले घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->