बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कारागार मुक्तभएका युवा नेतालाई राजमोको स्वागत

कारागार मुक्तभएका युवा नेतालाई राजमोको स्वागत


  • ढोरपाटन संवाददाता
  • असोज ३ २०७८, आइतबार

बागलुङ/ संविधान दिवसको अवसरमा कारागार मुक्त भएका आफ्ना तीन जना कार्यकर्तालाई राष्ट्रिय जनमोर्चा बागलुङले स्वागत गरेको छ । संविधानसभा निर्वाचन २०६४ को शिलशिलामा कुटपिट तथा अंगभंग गर्ने कार्यमा संलग्न भएको मुद्धामा बागलुङ कारागारमा रहेका तीन जना कार्यकर्ता आईतबार संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट बाँकी सजाएँ माफि भएपछि छुटेका थिए ।

राजमो निकट अखिल नेपाल युवक संघ बागलुङका पुर्व जिल्ला सचिव मन बहादुर श्रीस, जिल्ला सदस्यहरु श्री प्रशाद थापा र ओमकार श्रीस लाईलाई कारागार मुक्त भएकोमा स्वागत गरिएको थियो । एक बर्ष पहिले जिल्ला अदालतको आदेशमा उनीहरु दुई बर्षका लागि कारागार चलान भएका थिए । कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले २०६४ को निर्वाचनको सिलसिलामा भएका घटनामा झुट्ठा मुद्दा लगाईएको बताए । देश, जनता र परिवर्तनको पक्षमा लम्किरहेको यात्रा नरोकीने भन्दै ढुंगानाले जेल जीवन बिताएका युवा नेताको शिर उच्च भएको बताए । कार्यक्रममा कारागार मुक्त भएका युवक संघ बागलुङका पुर्व जिल्ला सचिव मन बहादुर श्रीसले बोलेका थिए ।

कार्यक्रममा अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार तिलक थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रशाद शर्मा, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्यहरु दिल बहादुर श्रीस, थानेश्वर सुबेदी, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला सचिव बिरेन्द्र थापा, रक्तिम सांस्कृतिक परिवार बागलुङका अध्यक्ष दान बहादुर थापा, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका सचिव तुलबिर श्रीस, युवक संघका जिल्ला सदस्य खगेन्द्र थापा, प्रगतिशील पत्रकार संघका केद्रीय सदस्य तारा प्रशाद शर्मालगायतले युवा नेताहरुलाई स्वागत गरे । कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा बागलुङका सचिव भिमलाल पोखरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->