बागलुङ/ नेकपा एमाले बागलुङले पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण नेता कार्यकतालाई आग्रह गरेको छ । पार्टी विभाजन प्रश्चात बसेको जिल्ला कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै एमाले बागलुङले एक ढिक्का भएर अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरेको हो ।
आईतबार पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गर्दै जिल्ला कमिटिले स्थानीय तहमा जिम्मेवारी तथा जिल्ला कमिटी बिस्तार गरेको जनाएको छ । बैठकले गरेका १७ बुँदे निर्णय सार्वजनिक गर्दै पार्टीले कुनैपनि हिसाबले बिगतमा यस्तो गतिविधीमा संलग्न भएको भएपनि त्यसबाट अलग भएर पार्टी एकताको पक्षमा उभिन बैठकले निर्णय गरेको सचिव बिष्णु भुषालले जानकारी दिए ।
बैठकले विभाजनकारी गतिविधीमा संलग्न भएका जिल्ला सचिव लालबहादुर थापा, सदस्य गोविन्द गौतम, भुपाल चालिसे, शान्ति अधिकारी, भरत पुरी, इन्द्र थापा, श्याम थापा, हरि घर्ति, चक्र थापा तथा जनप्रतिनिधी जिवन आचार्य र सिता थापा छन्त्याललाई पार्टीबाट निष्काशन गर्दै पार्टीको अभिलेखबाट नाम हटाउने निर्णय गरेको जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिए ।
बैठकले पालिका वा वडा कमिटीका बैठक, भेला तथा अभिमुखिकरण कार्यक्रम गर्ने, जिल्ला कमिटीमा ३ जनालाई मनोनित गर्र्दै सचिवालयमा मनोनित गर्ने निर्णय गरेको छ । २०७८ साल असोज १५ देखि १७ गतेसम्म ललितपुरमा हुने बिधान महाधिवेसनमा लागि प्रतिनिधी चयन र १० बुँदे प्रस्तावको रचनात्मक र सिजनात्मकक कार्यान्वयन गर्दै पालिका कमिटीमा संयोजक, सह–संयोजक र सचिवको जिम्मेवारी तोकिएको अध्यक्ष सापकोटाले बताए ।
एमाले बागलुङ नगर कमिटीको संयोजकमा धनबहादुर परियार, सह–संयोजकमा गणेश थापा र सचिवमा रामबहादुर जिसी, काठेखोला संयोजकमा डिलबहादुर कार्की, सह–संयोजकमा युक्तप्रसाद कँडेल र सचिवमा विद्यापति शर्मा, गलकोट संयोजकमा डम्मर श्रीष, सह–संयोजकमा कुलबहादुर केसी र सचिवमा पदम कार्की, बडिगाडको संयोजकमा गुणानिधि घिमिरे, सह–संयोजकमा बसन्त थापा र सचिवमा दिनेश शर्मा, ढोरपाटनमा संयोजक लक्ष्मण पुन मगर, सह–संयोजकमा केशर छन्तयाल र सचिवमा ज्ञानप्रसाद कँडेललाई जिम्मेबारी दिईएको छ ।
निसीखोला संयोजकमा रुद्र पौडेल, सह–संयोजकमा लालबिर लोप्चन र सचिवमा भुमिराज घर्ती, ताराखोलाको संयोजकमा ऋषिराम रोका, सह–संयोजकमा धनप्रसाद बुढा र सचिवमा मन लामिछाने, बरेङको संयोजकमा प्रदिप थापा, सह–संयोजकमा प्रेम पौडेल र सचिवमा लिलाधर पौडेल, तमानखोलाको संयोजकमा उदिम छन्त्याल, सह–संयोजकमा मोहित छन्त्याल र सचिवमा लिलबहादुर पुन तथा जैमिनीको संयोजकमा सावित्रा राना, सह–संयोजकमा बद्री ढुंगाना र सचिवमा देवेन्द्र रेग्मीलाई जिम्मेबारी तोकिएको छ ।





