बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

राज्य रहेको अनुभुती हुनेगरी काम गरेका छौं : मन्त्री श्रेष्ठ

राज्य रहेको अनुभुती हुनेगरी काम गरेका छौं : मन्त्री श्रेष्ठ


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०७८, बुधबार

बागलुङ/ गण्डकी प्रदेशका शिक्षा, संकृति, बिज्ञान प्रबिधि तथा सामाजिक बिकास मन्त्री मेखलाल श्रेष्ठले पछि परेको समुदायका लागि राज्य रहेको अनुभुती हुनेगरी प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । बुधबार बागलुङमा सामाजिक बिकास कार्यालयको उद्घाटन गर्दै श्रेष्ठले पिछडिएको समुदायलाई राज्यको पहुँचमा ल्याउन प्रदेश सरकारले आफ्ना गतिबिधिहरु गरिरहेको दावी गरे । उनले कर्मचारी र जानीतिज्ञहरुले कतव्र्य बोध नगरेसम्म समाज रुपमान्तरण हुन नसक्ने बताए ।
‘हामिले संबिधानका कारण समस्या भयो भनेर छोटो समयमा धेरै संबिधान बनायौं तर अवस्था उस्तै छ’ श्रेष्ठले भने ‘अस्दावेज अपरिवर्तनीय होईनन् सुधार गरेर जान सकिन्छ भन्ने भएमा मात्रै समाजको परिपस्थितीमा परिवर्तन आउँछ ।’ पछिल्लो पटक बनेको संबिधान जनतकाको सहभागितामा बनेको भन्दै उनले अहिलेको व्यवस्थालाई जनउपयोगी बनाउनेगरी काम गर्नुपर्ने बताए । भाषणको अधिकांश समय कर्मचारीले कर्तव्य बोध गर्नुपर्नेमा खर्चिएका मन्त्री श्रेष्ठले स्वार्थ रहित सेवाले मात्रै जनताले सुविधा पाउने उल्लेख गरे । ‘तुस पालेर दिएको सेवाले काम दिँदैन्, निस्वार्थ भावनाले काम गर्नु, स्थायी सरकार तपाईं हो, राजनीतिलाई सहि बाटोमा ल्याउन तपाईहरुको कामले भूमिका खेल्छ ।’ उनले भने । कर्मचारीले हरेक ठाउँमा देखिने समस्या राजनीतिक कारणले भएको भन्दै दोसारोपण गर्दा जनताले सुविधा पाउनबाट बञ्चित हुने गरेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->