बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सरकारले ४० वर्ष माथिका सबै नागरिकको पिसाब जाँच गर्ने

सरकारले ४० वर्ष माथिका सबै नागरिकको पिसाब जाँच गर्ने


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०७८, बुधबार

काठमाण्डौ/ सरकारले ४० वर्ष उमेर समूह माथिका सबै नागरिक ६५ लाख ३७ हजार ३ सय २९ जनाको पिसाब जाँच गर्ने भएको छ ।
देशका प्रत्येक वडा वडामा पुगेर पिसाब जाँच गर्ने तयारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. कृष्ण पौड्यालले जानकारी दिए । बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले मिर्गौला रोगबाट जोगाउन पूर्व सुरक्षाका लागि यो अभियान सुरु गर्न लागिएको बताए ।

४० बर्ष माथिका देशभरका नागरिकको पिसाब जाँच गर्नका लागि प्रतिव्यक्ति ५० रूपैँयाको दरले ३२ करोड ६८ लाख ६६ हजार ४ सय ५० रुपैयाँ लाग्ने जानकारी दिए । उनले पूर्व रोकथाममा ध्यान नदिए मिर्गौला रोगी बढेर सरकारले धान्नै नसक्ने अवस्था आउने भन्दै सरकारले पूर्व सुरक्षाका लागि ध्यान दिएको जानकारी गराए ।

सरकारले यो आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ४० वर्ष माथिका नागरिकको रक्तचाप, पिसाब तथा रगतमा ग्लुकोज जाँच, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको वर्षमा एकपटक निःशुल्क जाँचको व्यवस्था गरेको थियो । सोही नीति कार्यान्वयन स्वरुप ४० वर्ष माथिका सबै नागरिकको पिसाब जाँच गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->