बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

को को चुनिए एकिकृत समाजवादी बागलुङमा ?

को को चुनिए एकिकृत समाजवादी बागलुङमा ?


  • ढोरपाटन संवाददाता
  • असोज ९ २०७८, शनिबार

बागलुङ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठले केपी ओलीको ब्यक्तिवादी चिन्तन र हठका कारण एमाले दक्षिणपन्थमा पतन भएको वताएका छन् । एकीकृत समाजवादी बागलुङको जिल्ला भेलालाई शनिवार सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले एमाले कम्युनिष्ट आचारणबाट च्युत भएका कारण नेकपा एकिकृत समाजवादी निर्माण भएको र यसले नै सवै वामपन्थी कम्युनिष्टहरुलाई एकतावद्ध वनाउदै क्रान्तिकारी पार्टी निर्माण गर्दै अगाडि वढ्ने वताए ।

एमाले अव कम्युनिष्ट रहेन, उपाध्यक्ष श्रेष्ठले भने, त्यो अव केपीको ब्यक्तिवादी गुटमा परिणत भयो । त्यसैले क्रान्तिकारी कम्युष्टि पार्टी निर्माण गर्नुपर्ने दायित्व हामीमा आएको छ ।
शनिवार समपन्न जिल्ला भेलाले लाल वहादुर थापाको नेतृत्वमा ७५ सदस्यीय नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० बागलुङ जिल्ला कमिटी निर्माण गरेको छ । एकीकृत समाजवादीको उपाध्यक्षमा केशर छन्त्याल, सचिवमा भरत पूरी, उप–सचिवमा चक्र थापा चयन भएका छन् ।


सदस्यहरुमा जीवन आचार्य, याम बहादुर श्रीस, हरी बहादुर घर्ती, सीता थापा छन्त्याल, बल बहादुर नेपाली, इन्द्र बहादुर थापा, श्याम पुन, शालिकराम शर्मा, पार्वती सापकोटा, होमनाथ सापकोटा, खगेन्द्र शर्मा, नारायण पौडेल, प्रेम थापा, निरञ्जन विक, काजीमान श्रीस, सकस श्रीस, तुल कुमारी शर्मा, पुष्पा शर्मा, चिन्तामणी जैसी, सुरज बोसेल, लाल वहादुर केसी रहेका छन् ।
सदस्यहरुमा राम प्रसाद शर्मा, प्रदिप आचार्य, हरीप्रसाद सापकोटा, रमजान खान, देवकला सापकोटा, रामराजा गौतम सुरेन्द्र खड्का, खजराज शर्मा, नितु खड्का, बेद प्रसाद शर्मा, दिपक पुन, कमल कार्की, चन्द्रकला थापा, याम बहादुर श्रीस, आशिष थापा, नर बहादुर बिक, नविन थापा, याम बहादुर थापा, चक्र बहादुर गुरुङ, राजेश सापकोटा, एकनाथ शर्मा, नारायण रोका, इन्द्र बहादुर छन्त्याल, जमुना श्रीस र सञ्जिव थापा रहेको अध्यक्ष थापाले वताए । रिक्त महिला उपाध्यक्ष जिल्ला कमिटीको वैठकले चयन गर्ने सचिव पुरीले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->