बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङका अधिकांस पालिकामा आज निर्वाचन

बागलुङका अधिकांस पालिकामा आज निर्वाचन

निसीमा सूर्यबहादुर, तमानमा लिलाकुमार र ताराखोलामा कमलापती सर्वसम्मत ।


  • Dhorpatan News
  • असोज १० २०७८, आइतबार

बागलुङ/ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य रत्ना शेरचनले कुनैपनि पार्टी चलायमान बन्नका लागि आन्तरिक प्रतिष्पर्धा स्वच्छ हुनुपर्ने बताइन् ।
कांग्रेसको १४ औं महाधिवेसनअन्र्तगत छैठौ बागलुङ नगर अधिवेसन उद्घाटन गर्दै सही नेता छनौटका लागि भने प्रतिष्पर्धा आवस्यक भएको बताइन् । ‘लोकतन्त्रको अभ्यास निर्वाचन हो । आन्तरिक लोकतन्त्र बलियो बनाउन पनि निर्वाचन गर्नुपर्छ’ शेरचनले भने, ‘तर निर्वाचनमा हारजितलाई लिएर व्यक्तिगत इगो बनाउन हुँदैन ।’

कार्यक्रममा कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेलले प्रतिपक्षसँग लड्न सक्ने बलियो र सक्षम नेतृत्व आउनु पर्ने धारणा राखे । बागलुङ नगर अधिवेसनका लागि सभापतिमा उमाकान्त शर्मा ‘बाबू’ र कर्णबहादुर हमालको उमेदवारी परेको छ । त्यस्तै उपसभापति पदकालागि नारायण पौडेल, कुलप्रसाद पाध्याय, प्रदिप गौतम र डिल्लीप्रसाद गौतम, सचिवमा अर्जुन घिमिरे, मिनबहादुर केसी ‘मिलन’, कृष्ण शर्मा र आशिक राजभण्डारी तथा सहसचिवकालागि बिदेश कुमार श्रेष्ठ, संजय पौडेल, कमल बोहरा, प्रकाशि किसान र जिवनाथ गौतमको उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

शनिबारै बागलुङका दशवटै पालिकामा अधिवेसन शुरु भएको छ । तीमध्ये सातवटा पालिकामा निर्वाचन हुने गरी उमेदवारी परेको कांग्रस कार्यकर्ताले बताएका छन् । गलकोट नगरपालिकामा वडा नंं ३ का अध्यक्ष बिरजंग भण्डारी र वडा नंं ५ का अध्यक्ष नारायणध्वज मल्ल तथा मुकुन्दसिंह भण्डारीको उमेदवारी परेको छ ।
जैमिनी नगरपालिकामा काशीराम आचार्य र प्रेम सापकोटाको उमेदवारी परेको बताइएको छ ।

काठेखोला गाउँपालिकामामा तीन जनासहित सबै पालिकाहरुमा सभापति पदमै दुइ देखि तीन जनाको उमेदवारी परेको हो । ‘आज उम्मेदवारी परिसकेकोले भोली निर्वाचनको तालिका अनुसार मतदान हुन्छ’ बागलुङ नगरपालिकाका निर्वाचन समितिका सदस्य महेन्द्र शर्माले भने, ‘सदस्यहरुमा भने धेरै जसो निर्विरोध हुने अबस्था छ ।’

यो पटक उपसभापति, सचिव र सहसचिव दुइदुइ जना हसने प्रावधानले कतिपय पालिकामा सभापतिकालागि मात्रै बढी प्रतिष्पर्धा हुने देखिएको छ । ‘मैले २० बर्ष सम्म सभापति भएर काम गर्दा कसैलेपनि प्रतिष्पर्धा गर्नु भएन, तर अहिले युवाहरु आउनु भएको छ, त्यो राम्रो हो’ बागलुङ नगरसभापति महेन्द्र आचार्यले भने, ‘प्रतिष्पर्धाको नाउँमा तितो अबस्था भने ल्याउन हुँदैन ।’ आचार्य ५ बर्ष सचिव र २० बर्ष सभापति गरी २५ बर्षसम्म नगरको नेतृत्व गरेका थिए ।
बिधानले खुला सदस्य बाहेक महिला, जनजाती, अपांग, दलीत र पछाडि पारिएको क्षेत्र तथा जातीको समेत आरक्षण गरेको छ । त्यसैले यो पटक धेरै समावेशी नेतृत्व आउने समेत बताइएको छ । गाउँ तथा नगरको अधिवेसन सकिएपछि भने प्रदेश क्षेत्र र संघिय क्षेत्रको अधिवेसन हुनेछ । उक्त अधिवेसनबाट महाधिवेसनकालागि प्रतिनिधि छनौट हुनेछन् । ती प्रतिनिधिले केन्द्रीय र प्रदेश महाधिवेसनमा नेतृत्व छनौट गर्ने भएका छन् ।

निसीमा सूर्यबहादुर, तमानमा लिलाकुमार र ताराखोलामा कमलापती सर्वसम्मत ।

शनिवार भएको अधिवेसनबाट निसीखोला गाउँपालिकाको पार्टी सभापतिमा वडा नंं ६ का वडा अध्यक्ष सूर्यबहादुर घर्ती निर्विरोध निर्वाचित भएकाछन् । सभापति निर्वाचित भएका घर्ती २०४६ देखि कांग्रेसमा क्रियाशिल छन् ।
सभापति आंकांक्षा गरेपनि अन्तिम समयमा अन्य आकांंक्षीले उमेदवारी फिर्ता लिएपछि घर्ती निर्वाचित भएका हुन् । यस अघि इनद्रबहादुर मल्लले पनि सभापति दावी गरेका गरेका थिऐ । निर्वाचन अधिकृत प्रेमबहादुर रोकाले दिएको जानकारी अनुसार पालिकाका उपाध्यक्षमा लीलबहादुर कुँवर र धनबहादुर रोका तथा सचिवमा राजमन बुढा र धनबहादुर खत्री निर्विरोध निर्वाचित भएकाछन् । सहसचिवमा मिलन कार्की र शेरबहादुर बिक पनि निर्विरोध भएको बताइएको छ ।

नेपाली कांग्रेस तमानखोलाको सभापतिमा लिलाकुमार छन्त्याल चयन भएकानछन् । शनिवार साँझ अन्य आकांक्षीहरुले समर्थन गरेपछि छन्त्यालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । उपसभापति खिमबहादुर छन्त्याल र गोर्खबहादुर घर्ती, सचिव तेजेन्द्र कुमार पुन, अनिस सिर्पाली र सहसचिव लिला छन्त्याल र प्रेमबहादुर पुन मगर चयन भएकोे निर्वाचन अधिकृत वसन्त घर्ती मगरले जानकारी दिए ।
छन्त्यालसहित खिम छन्त्याल र धर्म घर्ती गरि तीन जनाले सभापतिमा आकांक्षा व्यक्त गरेका थिए ।

जिल्लाको ताराखोला गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । कमलापती पाठकको नेतृत्वमा ३२ गाउँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको उपसभापतिमा आसिकला घर्ती मगर, श्यामभक्त कंडेल, सचीवमा खेमराज गैरे र नबराज सुवेदी, सह–सचीवमा प्रमलाल नाइसा, र कमलापति सापकोटा निर्बाचीत भएकाछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->