बागलुङ/ शनिवारबाट सुरुभएको अधिवेसनबाट बागलुङको काठेखोला गाउँपालिकाको पार्टी सभापतिमा यामदत्त कँडेल निर्विरोध निर्वाचित भएका छन् । सभापति आंकांक्षा गरेपनि अन्तिम समयमा अन्य आकांंक्षीले उमेदवारी फिर्ता लिएपछि कँडेल निर्वाचित भएका हुन् ।
उपसभापति गौरीसंकर शर्मा, खडक वा.कार्की, सचिव देबेन्द्र खड्का, चन्द्रकुमार पुन, सहसचिब महेन्द्र पुन, हरिकला थापा लगायत सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।





