बागलुङ/ चौधौ महाधिवेसनको संघारमा जुटेको कांग्रेसले जिल्लाका पाँच पालिकामा निर्विरोध र पाँच पालिकामा निर्वाचनबाट नेतृत्व चयन गर्दैछ । दुई दिन नेतृत्वका लागि सर्वसम्मत प्रयास गरेको वडिगाड गाउँ कार्यसमितिमा अन्तिम समयमा सहमति जुटेको छ । जिल्ला अन्य चार स्थानीय तहमा जस्तै बडिगाड गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । पार्टी सभापतिमा कृष्ण गुरुङ, उपसभापतिमा तेजबहादुर पाइजा र प्रेमलाल अर्याल, सचिवमा कमल चालिसे, तिर्थबहादुर थापा, सह–सचिव राजु थापा र लक्ष्मी पाइजा चयन भएको निर्वाचन अधिकृत टिका पाइजाले जानकारी दिए ।
जिल्लाकै जैमिनी नगरपालिका र बागलुङ नगरपालिकामा मतदान सकिएर मतगणना सुरु भएको छभने गलकोट नगरपालिकामा मतदानका लागि तयारी भैरहेको कांग्रेसले जनाएको छ । बागलुङ नगरपालिकामा उमाकान्त शर्मा ‘बाबु’ र कर्ण हमालको प्यानल र जैमिनीमा प्रेम प्रसाद सापकोटा र काशिराम आचार्य नेतृत्वको प्यानलका बिचमा प्रतिस्पर्धा भएको हो ।





