बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङमा रामचन्द्र पौडेल पक्षको पल्लाभारी

बागलुङमा रामचन्द्र पौडेल पक्षको पल्लाभारी


  • ढोरपाटन संवाददाता
  • असोज ११ २०७८, सोमबार

बागलुङ/ आसन्न १४ औं महाधिवेशनका लागि शनिबारबाट सुरु भएको गाउँ तथा नगर अधिवेशनमा बागलुङका ८ वटा स्थानीय तहमा नेतृत्व चयन भएको छ । चयन भएकामध्ये तीनवटा नगरपालिका र पाँच वटा गाउँपालिका छन् ।
नेतृत्व चयन गर्न बाँकी एक गाउँपालिका र एक नगरपालिका छन् । हालसम्म निर्वाचन सम्पन्न भएका स्थानीय तहमा नेपाली कांग्रेसभित्र देखिएको गुटको स्पष्ट चित्र देखिएको छ । आठ स्थानीय तहमा निर्वाचन सम्पन्न हुँदा ६ वटा स्थानीय तहमा रामचन्द्र पौडेल पक्षले नेतृत्वमा वर्चश्व जमाएको छ ।

जिल्लाको गलकोट नगरपालिकामा आइतबार साँझसम्म सर्वसम्मतको प्रयास भैरहेका कारण निर्वाचन हुन सकेको छैन । सोमबारसम्ममा मतदान प्रक्रियाबाट नेतृत्व टुंगो लगाईने निर्वाचन समितिले जनाएको छ । बरेङ गाउँपालिकामा पार्टीभित्रै सदस्यताको विषयमा विवाद हुँदा निर्वाचनका कार्यक्रम स्थगित भएको कांग्रेस एक नेताले बताए । बरेङमा निर्वाचन हुने वा सर्वसम्मत नेतृत्व चयन हुने टुंगो छैन् ।
निर्वाचनबाट नेतृत्व चयन भएकामध्ये ढोरपाटन नगरपालिकामा धनबहादुर कायत ‘कल्याण’ निर्वाचित भएका छन् । उनी पौडेल पक्षका नेता हुन् । उनले दिपक अदैलाई पराजित गरेर निर्वाचित भएका थिए । कुल खसेको १ सय ४४ मतमा कायतले ८६ र अदैले ५२ मत पाएका थिए ।

जैमिनी नगरपालिकामा प्रेम प्रसाद सापकोटा निर्वाचित भएका छन् । सापकोटाले निवर्तमान सभापतिसमेत रहेका काशीराम आचार्यलाई पराजित गरे । आचार्य देउवा र सापकोटा रामचन्द्र पक्षका नेता हुन् । यसैगरी, ताराखोला गाउँपालिकामा कमलापति पाठक सर्वसम्मत निर्वाचित भएका थिए । उनी कुनै पक्षमा स्पष्ट देखिने खालका नेता होईनन् । तर पाठकलाई पौडेल पक्षका एक नेताले आफ्नो पक्षमा रहेको बताए ।

निसीखोला गाउँपालिकामा सूर्यबहादुर घर्ति सर्वसम्मत निर्वाचित भए । तमानखोला गाउँपालिकामा लिलाबहादुर छन्त्याल निर्वाचित भए । घर्ति र छन्त्याल दुवैजना पौडेल पक्षका नेता हुन् । काठेखोला गाउँपालिकामा यामदत्त कँडेल निर्वाचित भए । उनी पौडेल पक्षको नेताका रुपमा चिनिन्थे तर महाधिबेशनको समयमा कँडेलले गुट परिवर्तन गरेको कांग्रेस बृत्तमा चर्चा छ ।

बागलुङका दश स्थानीय तहमध्ये सबैको ध्यान केन्द्रित गरेको बागलुङ नगरको निर्वाचनबाट युवा नेता उमाकान्त शर्मा ‘बाबु’ निर्वाचित भएका छन् । पौडेल पक्षमा शर्माले देउवा पक्षबाट उमेद्वार बनेका कर्ण हमाललाई ६२ मतान्तरले पराजित गरे । खसेको ३ सय ८८ मत मध्ये शर्माले २ सय २४ मत र हमालले १ सय ६२ मत प्राप्त गरे । उप सभापतिमा भने देउवा पक्षका नारायण पौडेल बिजयी भए ।
गत भदौ २१ गते भएको वडा अधिवेशनमा भने ८४ वटा वडा निर्विरोध भएको थियो । ढोरपाटन नगरपालिका ५ मा मात्रै सभापतिका लागि निर्वाचन गर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->