नवलपुर/ देवचुलीमा काँग्रेस सभापतिका उम्मेवारलाई बरावर मत खसेको छ । निर्वाचन समितिले आधिकारीक मत परिणाम घोषणा नगरेपनि उम्मेदवार सम्वद्ध एजेण्टका अनुसार सभापतिका उम्मेदवार डिल्लीराम कडरिया र रबिलाल सापकोटा मतदाताले दिएको मत परिणाम बरावरी गणना भएको हो । सभापतिमा दुवै उम्मेदवारले १ सय ४७ मत पाएका छन् ।
पदाधिकारीमा भएको निर्वाचनमा दुवै पक्षबाट मिश्रित नतिजा आएको छ । उपसभापतिमा सापकोटा प्यानलका हरिभक्त भटराई र कडरिया प्यानलका भोजेन्द्रबहादुर रायमाझी निर्वाचित भएका छन् । भटराईले १५८ र रायमाझीले १३७ मत प्राप्त गर्दै उपसभापति निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्दी सापकोटा प्यानलका गौरीशंकर न्यौपानेले १३५ र पुरुषोत्तम गैरेले १२७ मत प्राप्त गरे ।
सचिव पदमा कडरिया प्यानलका सुन्दर पाण्डे र सापकोटा प्यानलका भुपराज पाठक निर्वाचित भएका छन् । पाण्डेले १३० र पाठकले ११७ मत पाएका छन् । प्रतिद्धन्दी कडरिया प्यानलका देवेन्द्र भटराईले ११४ र सापकोटा प्यानलका ईश्वर रेग्मीले १ सय ८ मत ल्याएका थिए । सचिवमा स्वतन्त्र खडा भएका राकेश बिकले ५५ मत ल्याए ।
सह सचिवमा दुवै प्यानलमा नाम भएकी तनुजा महतो र सापकोटा प्यानलका खेम सारु निर्वाचित भएका छन् । तनुजाले २३३ र सारुले १६५ मत प्राप्त गरे । कडरिया प्यानलका फटबहादुर बिकले १२७ मत ल्याएका छन् ।





