बागलुङ – नेपाली कांग्रेस बरेङको सभापतिमा तुलसी पौडेल चयन भएका छन् । उमेद्वार बिबादका कारण केही दिनका स्थगित भएको गाउँ अधिबेशनले पौडेललाई सर्वसम्मत सभापतिमा निर्वाचित गर्दै सकिएको हो । समयमै नेतृत्व चयन गर्न नसकेको नेपाली काँग्रेस बरेङले अन्ततः सहमतिमै नेतृत्व टुंगो लगाएको निर्वाचन समितिले जनाएको छ ।
असोज ९ गते गाउँपालिका अधिवेशन सुरु गरिएपनि नेतृत्व बिबादकै कारण स्थगित भएको थियो । शुक्रबार सबै पक्षका बिचमा छलफल पछि नेतृत्व टुंगो लागेको हो । सभापतिमा तुलसी पौडेलसँगै विष्णु खत्री र मोतिराम गौतमले पनि दाबी गरेका थिए । क्षेत्रीय, प्रदेश क्षेत्रीय र जिल्लामा नेताहरुको व्यवस्थापन गर्नेगरी बिबाद समाधान भएपछि पौडेल सभापति बनेका हुन् ।





