बागलुङ – राष्ट्रिय प्रजातन्त्र पार्टीको बागलुङ जिल्ला अध्यक्षमा सुरेन्द्र खड्का पुन चयन भएका छन् । शनिबार भएको जिल्ला अधिवेशनले खड्कालाई निर्विरोध अध्यक्षमा चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा शैलेन्द्रकुमार श्रेष्ठ, महिला उपाध्यक्षमा भुमादेवी कंडेल र उपाध्यक्षमा गणेश बहादुर कुँवर र सचिवमा बिष्णुप्रसाद सापकोटा, सदस्यहरुमा हेमराज पन्त, नविनचन्द्र सर्बुजा, ललितबहादुर क्षेत्री, जुनबहादुर छन्तयाल र लक्ष्मी थापा चयन भएको निर्वाचन अधिकृत टिकाराम सापकोटाले बताए ।
त्यस्तै सुनिता श्रेष्ठ, जयलाल सापकोटा, पार्वती शर्मा, केशव कार्की, धनबहादुर कार्की, रविप्रसाद उपाधयाय, ऋषिराम कंडेल, चेतबहादुर थापा, बसन्त रावल मेघध्वज मल्ल, निमबहादुर भण्डारी र चामबहादुर भण्डारी समेत सदस्यमा चयन भएका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै पूर्वमन्त्री तथा केन्द्रीय उपाध्यक्ष भीमप्रसाद गौचनले राष्ट्रियता र प्रजातन्त्रको रक्षाका लागि राप्रपाको सधै आवस्यकता परेको बताए । ‘जब अन्य दलहरुको हाबी बढ्यो, देशमा राष्ट्रियता कमजोर भएको छ’ उनले भने, ‘राजासहितको प्रजातन्त्रले मात्रै देशको प्रजातन्त्र बचाउन सक्छ ।’ गणतन्त्रपछि देशमा अस्थिरता र वैदेशिक हस्तक्षेप बढेको उनको टिप्प्णी थियो ।
कार्यक्रममा अर्का उपाध्यक्ष दिलबिकास राजभण्डारी, जयलाल पुन, रणबहादुर क्षेत्री, देवप्रसाद कंडेल, दिपक कुँवर, गणेशबहादुर कुँवर, शैलेन्द्र श्रेष्ठ र महेश्वर आचार्य, काशीराम कंडेल र मिनिकर्ण कंडेलले शुभकामना मन्तव्य राखेका थिए । सुरेन्द्र खड्काको अध्यक्षता, सचिव बिष्णुप्रसाद सापकोटाको संचालनमा सम्पन्न कार्यक्रममा नविन सर्बुजाले स्वागत गरेका थिए ।
अधिवेसनले सबै पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । त्यस्तै संघ र प्रदेश क्षेत्रमा पनि नेतृत्व चयन गरेको हो । निर्वाचन समितिका अनुसार क्षेत्र नं. १ मा लक्ष्मीप्रसाद सापकोटा तथा क प्रदेशमा केदारनाथ कंडेल र ख प्रदेशमा पुणेन्द्र सापकोटा अध्यक्ष चुनिएका छन् । क्षेत्र नंं २ तर्फ चक्रबहादुर मल्ल क्षेत्रीय अध्यक्ष र क प्रदेशमा मनप्रसाद घर्ती र ख प्रदेशमा दिपक कुँवर अध्यक्ष चयन भएको बताइएको छ ।





