बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नेकपा एस बागलुङको पहिलो जिल्ला बैठक सुरु

नेकपा एस बागलुङको पहिलो जिल्ला बैठक सुरु


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०७८, शनिबार

बागलुङ – नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादी बागलुङको पहिलो बैठक शनिबारदेखि सुरु भएको छ । शितल पार्टी प्यालेसको सभाहलमा सुरु भएको बैठकमा जिल्ला अध्यक्ष लालबहादुर थापाले प्रस्तुत गरेका सांगठनिक तथा आर्थिक प्रस्तावमा छलफल सुरु भएको जिल्ला सदस्य शालिग्राम शर्माले बताए ।

बैठकले जिल्ला भेलाको समिक्षा गरेको छ । भेलामा सहभागि अतिथी तथा कार्यकर्तालाई धन्यवाद ज्ञापन गर्दै नयाँ उर्जा भेलाले दिएको बैठकको निस्कर्ष छ । बैठकले गठन गरेको सचिवालयका बिषयमा आइतबार पत्रकार सम्मेलन गरेर जानकारी गराईने शर्माले बताए ।

भूगोल, विभाग तथा फाँटहरुको गठन सम्बन्धि छलफल भएको छ । पार्टीमा लेवी संकलनको बिषयमा छलफल भएको जिल्ला अध्यक्ष थापाले बताए । आर्थिक प्रतिवेदन र आगामी कार्यक्रम तथा संगठन बिस्तार योजनाका बिषयमा बैठकमा छलफल भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->