बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

‘दसैंपछि बालबालिकालाई खोप’

‘दसैंपछि बालबालिकालाई खोप’


  • ढोरपाटन संवाददाता
  • असोज १९ २०७८, मंगलबार

पोखरा/ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैंलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप उपलब्ध गराउने बताएका छन् । राज्यमन्त्री श्रेष्ठले काठमाडौंमा भएको एक कार्यक्रममा १८ वर्षमुनिका बालबालिकाका लागि एक करोड मात्रा कोरोना विरुद्धको खोप आउने सुनिश्चित भइसकेको बताएका हुन् ।
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले फागुनसम्म खोप आउने र बालबालिकालाई उपलब्ध गराउने बताए । सरकारले खोपलाई उच्च प्राथमिकता दिएको राज्यमन्त्री श्रेष्ठको भनाइ थियो । ‘४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदका लागि व्यवस्था भइसकेको छ । दसैंलगत्तै एक लाख फाइजर खोप आउँछ,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->