बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ओली स्वेच्छाचारी हुँदा विद्रोह : श्रेष्ठ

ओली स्वेच्छाचारी हुँदा विद्रोह : श्रेष्ठ


  • ढोरपाटन संवाददाता
  • असोज १९ २०७८, मंगलबार

नवलपुर/ नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठले नेकपा एमाले कम्युनिस्ट नीति, सिद्धान्त र विचारबाट च्यूत हुँदै गएपछि विद्रोह गर्नुपरेको बताएका छन् । उनले अबको समाजवादी यात्राको नेतृत्व र कम्युनिस्ट पार्टीको मोर्चा सम्हाल्ने अभिभारा नेकपा एकीकृत समाजवादीको हुनेसमेत दाबी गरेका छन् ।

सोमबार नवलपुरमा पार्टी कार्यालय उद्घाटन गर्न आएका नेता श्रेष्ठले पत्रकार भेटघाट कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा विघटनदेखि पार्टीमा समेत स्वेच्छाचारी हुँदा र हुकुमी शासन मौलाउँदा राजनैतिक घटनाले नयाँ दिशा र नयाँ मोड लिनुपरेको सुनाए । ‘एमालेमा फरक मत राख्नेलाई सिध्याइदिने अवस्था आउँदा एमाले नै सिद्धिन लागेको छ,’ उनले भने, ‘संघीय सरकारमा अहंकारले २ तिहाइबाट प्रतिपक्षीमा पुगेको छ ।’ उनले ओलीकै कारण प्रदेश सरकार सबै गुम्ने स्थिति रहेको दाबी गरे ।

श्रेष्ठले प्रधानन्यायाधीशलाई मन्त्रीको कोटा छुट्याइएको भन्ने समाचार निराधार रहेको बताएका छन् । ‘५ दलीय गठबन्धनमा आजसम्म त्यस्तो विषयले प्रवेश पनि पाएको छैन । त्यो कसले मिडियाबाजी ग¥यो उसैलाई थाहा होला !’ उनले भने, ‘संविधानमा व्यवस्था भएको बाहेक कसैलाई मन्त्री दिने भन्ने नै हँुदैन ।’ यस्ता विषय ५ दलीय गठबन्धनलाई जानकारीसमेत नरहेको उनको दाबी थियो ।
पार्टी जिल्ला अध्यक्ष शालिकराम भटराईको अध्यक्षतामा भएको कार्यालय उद्घाटन तथा पत्रकार भेटघाट कार्यक्रममा पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठको समेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->