बागलुङ/राष्ट्रिय जनमोर्चाले एमसिसि परियोजनाको बिरोध गरेको छ । बुधवार बागलुङ बजार सहित जिल्लाका सबै पालिकामा बिरोध ¥याली तथा भण्डाफोर कार्यक्रम गरेको हो ।
बागलुङ बजारमा भएको बिरोध ¥यालीपछिको कोणसभामा बोल्दै केन्द्रीय सदस्य राजेन्द्र ढुंगानाले एमसिसि अमेरिकाको सैन्य रणनीतिको खेल भएको बताए । उनले राष्ट्रिय स्वाधिनता माथी आक्रमण गर्ने अमेरिकी षडयन्त्र बिरुद्ध सबै लाग्नु पर्नेमा ठूला भनिने दलहरु स्वाधिनता बन्दकी रान्द उद्दत भएको आरोप समेत लगाए ।
नेपालमा अहिले पनि अमेरिका र युरोपेलीहरुले लगानीको नाउँमा राज्यश्रोत, प्राकृतिक श्रोत तथा अन्य क्षेत्रमा दोहन गरिरहेको समेत उनले आरोप लगाए । ‘केही बौद्धिक व्यक्ति भनाउँदाले यो एमसिसि राम्रो भनेर व्याख्खा गरिदिंदा राज्य संचालकहरु त्यसैमा रमाएका छन्’ ढुंगानाले भने, ‘नेपालको सार्वभौमसत्ता समेत खतरामा पर्ने कामलाई किन नजरअन्दाज गरिएको छ ?’ उनले अझैपनि सबै क्षेत्रबाट बिरोधका आबाज आउनुपर्ने बताए ।
कार्यक्रममा राजमोका उपाध्यक्ष धर्मबहादुर कुँवरले एमसिसि सम्झौता राष्ट्रघाती र बिदेशीको खेलमैदान बनाउने षडयन्त्रको सूचक भएको दावी गरे । जनताको जनजीविकाको सन्दर्भमा सरकार गम्भिर बन्नुपर्नेमा नभएको उनको आरोप छ । उनले भारतले पनि अझै नेपाली भूमि फिर्ता नगरी बिस्तारबाद देखाएको भन्दै भारतकै आडमा बसेर अमेरिकाले एमसिसि परियोजना ल्याउन खोजेको आरोप लगाए ।
राजमोले पार्टी कार्यालयबाट बिरोध ¥याली गरेर लोकतान्त्रिक चोकमा पुगेर कोणसभा गरेको थियो । त्यस्तै गलकोट, बुर्तिवाङ, जैमिनी लगायतका सबै पालिकामा पनि पार्टीका नेताहरु पुगेर बिरोध कार्यक्रम गरेका थिए । पोखरामा भने राजमोले आमसभानै आयोजना गरेको थियो ।
गलकोट रिश्मीमा सम्पन्न कार्यक्रमलाई अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वनले सम्बोधन गरे । जैमिनी नगरपालिका छिस्तीमा सम्पन्न कार्यक्रममा राजमो जिल्ला सदस्य दिल बहादुर श्रीस, काठेखोलाको धम्जामा सम्पन्न कार्यक्रम लाई राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य लक्ष्मण पुन, बरेङ गाउँपालिका हुग्दीसिरमा सम्पन्न कार्यक्रम लाई राजमो जिल्ला सदस्य हिरा बहादुर थापा, ढोरपाटन नगरपालिका खुङ्गामा सम्पन कार्यक्रम लाई राजमो वडा अध्यक्ष खड्क बहादुर कुँवरले संबोधन गरे ।
बडिगाड गाउँपालिका तुन्डाँडामा सम्पन्न कार्यक्रम लाई जिल्ला सदस्य बोम बहादुर थापा, बागलुङ नगरपालिका बलेवा नारायणस्थानमा सम्पन्न कार्यक्रमलाई अखिल नेपाल किसान संघ बागलुङका सदस्य ढुण्डीराज शर्मा, गनपाको रिघामा सम्पन्न कार्यक्रम लाई राजमो जिल्ला सल्लाहकार टंक बहादुर के.सी., ढो.न.पा.६ गादिखोलामा सम्पन्न कार्यक्रमलाई राजमो जिल्ला सदस्य दिपक थापा, ढोनपा ३ सामामा सम्पन्न कार्यक्रम लाई जातिय समता समाज बागलुङका अध्यक्ष नर बहादुर वि.क.ले सम्बोधन गरे ।
यसैगरी सुखौरामा टिकाराम शर्मा राजमो जिल्ला सल्लाहकार, राङखानीमा अनेयु संघ जिल्ला सदस्य, श्रीप्रसाद थापा, अनेयु संघ जिल्ला सचिव पैयुथन्थापमा भागिन्द्र थापा, अमलाचौरमा राजमो जिल्ला सदस्य लोकनाथ शर्मा, पैयुपाटामा अखिल नेपाल भूपु सैनिक संघ बागलुङका अध्यक्ष प्रेम बहादुर रोका, ताराखोलाको घुश्मेलीमा जिल्ला सदस्य तिर्थसिंह थापा, ढोरपाटन ५ बुढाथोकमा राजमो नगर सदस्य तुल्सीराम खरेलले सम्बोधन गरेका थिए ।





