बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पार्टी फुटाउनु राम्रो भएन् : एमाले अध्यक्ष सापकोटा

पार्टी फुटाउनु राम्रो भएन् : एमाले अध्यक्ष सापकोटा


  • ढोरपाटन संवाददाता
  • असोज २१ २०७८, बिहिबार

बागलुङ – नेकपा एमाले काठेखोला गाउँपालिका बागलुङले सञ्चालन गरेको वडा भेला अन्तरगत बुधवार वडा नं. ८ लेखानीमा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

भेलामा बोल्दै जिल्ला कमिटी बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले पार्टी फुटाउनु राम्रो नभएको र फुटेर जानेहरु धेरै समय नटिक्ने बताए । उनले पार्टी फुटाएर गएकाहरु केहि समय पछि पुनः एमालेमै फर्किने बताए ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य हिरा बहादुर केसी, काठेखोला गाउँपालिका पार्टी कमिटीका अध्यक्ष डिल बहादुर कार्की, नेकपा एमाले बागलुङका सचिवालय सदस्य एवं काठेखोला–८ लेखानीकी वडा अध्यक्ष चित्रकला छन्त्याल, श्रीस, जिल्ला कमिटी सदस्य विश्व गौतम र जिल्ला कमिटीका सल्लाहकार मन बहादुर काउचाले बोलेका थिए ।

उक्त कार्यक्रममा कल्पना श्रीसको अध्यक्षतामा ६५ सदस्यीय अखिल नेपाल महिला संघ वडा कमिटी लेखानी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा मिरा श्रेष्ठ, सचिवमा रिता गैरे, सहसचिव कमला पुन र कोषाध्यक्षमा रितु सुनार चयन भएका छन् ।

नेकपा एमाले काठेखोला गाउँपालिका वडा नम्बर ८ लेखानी वडा कमिटीका अध्यक्ष दिल बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको भेलाको स्वागत लेखानी टोल कमिटीका संयोजक डम्मरसिंह घर्ती मगर र संचालन सचिव देवबहादुर श्रीसले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->