सबैजसो महिलाहरु आफ्नो जीवन कालको कुनै न कुनै मोडमा योनी चिलाउने समस्याको अनुभव गरेको हुन्छन् । कहिलेकाँहि यसो हुनु सामान्य भएपनि लामो समयसम्म चिलाइराख्नु वा बारम्बार चिलाइराख्नु भने राम्रो होइन ।
योनी चिलाउने समस्या धेरै कारणबाट हुन सक्छ । तीमध्ये प्रमुख कारण योनि राम्रोसँग सफा नगर्नाले यो समस्या उत्पन्न हुन जान्छ भने जथाभावि यौन सम्बन्धबाट हुने यौन रोगबाट पनि योनि चिलाउँछ ।
योनी चिलाउने कारणहरु
१, तनाव : सुन्दा अशोभाबिक लागेपनि यो सहि हो कि तनावको कारणले गर्दा योनी चिलाउँछ ।
२, यिस्ट संक्रमण ः योनीमा यिस्ट इन्फेक्सनको कारणले पनि योनी चिलाउँछ । यिस्ट इन्फेक्सन हुँदा योनी वरिपरि सेतो दहीजस्तो ढुसिजम्मा हुन थाल्दछ जसको कारण योनी चिलाउँछ ।
जथाभावि यौन सम्बन्ध राख्नाले, रोगसँग लड्ने क्षमता कमी हुनाले वा मधुमेहको बिरामीलाई यिस्ट इन्फेक्सन हुने सम्भवना हुन्छ । यिस्टइन्फेक्सन भएको ठाँउमा रातो दाग देखा पर्न थाल्छ र त्यो ठाउँ सुख्खा भै चिलाउन थाल्छ ।
३. सुख्खा छालाः सुख्खा छाला भएको व्यक्तिमा पनि योनी चिलाउने समस्या बढी हुन्छ । छालालाई आवश्यक पर्ने पर्याप्त पानीको अभावले गर्दा योनी वरिपरिको छाला सुख्खा हुन जान्छ र चिलाउन थाल्छ ।
४. यौन संक्रमण : धेरै जनासँग यौन सम्पर्क गर्नाले यौन रोग लाग्ने मात्रै नभै योनि चिलाउने समस्या पनि शुरु हुन सक्छ । यी बाहेकयोनिमा हुने संक्रमण, चोटपटक, महिनावरी बन्द हुनु आदि जस्ता कारणहरुले गर्दा पनि योनि चिलाउने समस्या हुन सक्छ ।
यौन सम्पर्कपछि यौनी किन पोल्छ ?
योनी सुख्खा भएको स्थितिमा यौनसम्पर्क गर्दा पीडा हुन्छ र यौनसम्पर्कपछि पोल्ने हुन सक्छ । पर्याप्त मात्रामा यौन उत्तेजना नभएको स्थितिमा योनी रस नै आएको हुँदैन । यो अवस्थामा योनी मार्ग सुख्खा हुन्छ । यस्तो स्थितिमा यौनसम्पर्कको घर्षणले योनी भित्र क्षति भएको हुन्छ सोही कारण ले पछी पोल्ने समस्या हुन्छ । यौनसम्पर्कका दौरान त्यतातिर ध्यान नगएको हुन सक्छ, तर सम्पर्क सकिएपछि पोलेको अनुभव हुनसक्छ ।
यौनसम्पर्क राख्दा महिलाहरूमा पोल्ने कारणहरूमा योनिको संक्रमण प्रमुख हुनसक्छ। योनिको संक्रमण जीवाणु वा ढुसी जातिका सूक्ष्मजीवबाट हुन सक्छ । यसले गर्दा योनी शोथ गराउन सक्छ । यस्तो बेलामा अस्वाभाविक योनिश्राव हुन्छ र चिलाउँछ । त्यसबाहेक यौनरोगहुने सम्भावना पनि त्यत्तिकै छ । तपाईंले त्यस्तो लक्षणका बारेमा केही लेख्नुभएको छैन । शंका भए श्रीमान÷श्रीमती दुबैको परीक्षण तथा उपचार एकसाथ गर्नुपर्छ ।
अनावश्यक रूपमा धेरै डुस दिएर योनी सफा गर्ने बानी, केही हार्मोनयुक्त औषधिको प्रयोग योनीमा चोटपटक (नङ, अन्य वस्तुवाट वा यौनसम्पर्ककै कारणले हुने) पनि यसको कारण हुन सक्छ । कतिपय स्थितिमा मानसिक कारणले यस्तो पीडा अनुभव हुने सम्भावना पनि छ । यौनसम्पर्कसम्बन्धी नकारात्मक धारणाले ग्रसित भएको स्थितिमा वा डर भएको स्थितिमा यस्तो हुन्छ । विशेष गरेर भयातुर वा डर भएका कारणले यौनसम्पर्क गर्न लाग्दा अकस्मात् योनीको मांसपेशीको संकुचितर कडा हुन्छ । यस्तो बेलामा यौनसम्पर्क राख्न खोज्दा पीडा हुनसक्छ ।
यौनसम्पर्क पछि मूलनलीमा सूक्ष्म चोट लागेको हुनसक्छ र विशेष गरेर वीर्य स्खलन पछि पिसाब फेर्दा त्यसको अम्लीयपनले मूत्र नलीमा केही पोलेजस्तो अनुभव हुन्छ । यसरी पोल्ने क्रम केही समयपछि आफैं कम हुन्छ ।मूत्रनलीको शोथ, मूत्रथैलीको शोथ, यौनरोग, पौरुष ग्रन्थिको सक्रमणजस्ता कतिपय स्थितिमा पनि यौनसम्पर्क पछि पिसाब पोल्नसक्छ ।
यदि तपाईमा पनि योनी चिलाउने तथा पोल्ने समस्या छ भने निम्न घरेलु विधि अपनाएर यो समस्याबाट मुक्त हुन सक्नुहुन्छ ।
१ं सबैभन्दा पहिले त के कारणले गर्दा योनी चिलाएको हो त्यो थाहा गर्नुहोस् । यदि धेरै जनासँग यौन सम्पर्कले यो समस्या भएको हो भने सबै भन्दा पहिले त त्यस्तो कार्य तुरुन्त बन्द गर्नुहोस ।
२.कुनै रसायनिक पदर्थको प्रयोगबाट जस्तै पर्फुमको प्रयोगले हो भने सो प्रयोग बन्द गर्नुहोस ।
३. बास्नादार तावेल वा बाथ टबमा नुहाउँदा भएको हो भने त्यसो गर्न छाड्नुहोस ।
४. सुतिको पेन्टी मात्र प्रयोग गर्नुहोस् र चिलाइ निको नभएसम्म राति सुत्दा पेन्टी नलगाउनुहोस ।
५. चिलाउन निको नभएसम्म यौन सम्पर्क नराख्नुहोस । राख्नै परे कन्डमको प्रयोग गर्नुहोस् ।
६. योनी सुख्खा हुने समस्या छ भने यौन सम्बन्ध राख्दा चिप्लो बनाउने जेलिको प्रयोग गर्नुहोस । यसो गर्ना ले तपाईरो चिलाउने तथापोल्ने समस्या निको हुन्छ । निको नभएमा यौन रोग बिशेषज्ञ संग साल्लाह लिनुहोस ।
योनीको दश रोचक तथ्य
यौनको विषय मानिसको सर्वाधिक चासोको विषय भएतापनि समाजको यसको खुल्ला चर्चा वर्जित भएकाले आफ्नै यौनांगका बारेमा धेरै कुराहरु मानिसलाई थाहा नहुन सक्छ ।
महिला गुप्तांग अर्थात् योनी निकै संवेदनशील तथा महत्वपूर्ण अंग हो भन्ने कुरा सबैलाई थाहा छ । सम्भोगको सन्तुष्टि देखि, गर्भाधान रसन्तान पैदा गराउने मार्गको रुपमा रहेको यो अंगका विषयमा केही अनौठा तथ्यहरु भने थाहा नहुनसक्छ ।
योनी बारेका १० रोचक तथ्य यस्ता छन् ।
१. योनीको औषत आकार ३–४ इन्च हुन्छ, तर सम्भोगको चरमोत्कर्षका बेला यसको आकार २ सय प्रतिशत सम्म वृद्धि हुनसक्छ ।
२. योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन्, जबकी पुरुषको लिंगमा केवल चार हजार वटा मात्र ।
३. एक घण्टाको समय भित्रमा एक जना महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड छ । तर पुरुषको हकमाभने एक घण्टाको अवधिमा बढिमा १६ पटक सम्म मात्र चरम सन्तुष्टि प्राप्त भएको रेकर्ड छ ।
४.योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।
५. योनीमा आफ्नो सफाइ आफै गर्ने प्रणाली हुन्छ ।
६. योनीमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन हुन्छ । यो लुब्रिकेन्ट सार्क यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।
७. गुप्तांगको भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर रहेको हुन्छ र सम्भोगको बेला उक्त भित्ता छाता जस्तै गरि फुक्दछ ।
८.योनीमा कैयन् प्रकारका ब्याक्टेरिया पाइन्छन् । योनीमा पाइने केही ब्याक्टेरियाहरु दहीमा समेत पाइन्छन् ।
९. गुप्तांगको रौँ को औषत आयू भनेको जम्मा ३ हप्ता हो । जबकि टाउकोको रौँ को आयु अधिकतम ७ वर्षसम्म हुन्छ ।
१०.योनीको गन्धलाई महिलाको भोजनको प्रकारले प्रभाव पार्छ । त्यसैले सहवासको अघि लसुनको सेवन नगर्नु राम्रो हुन्छ ।





