बागलुङ/ नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादी बागलुङ नगर कमिटीको संयोजकमा जीवन आचार्य चयन भएका छन् । भेला आयोजक समितिका संयोजक बनेका आचार्यलाई नै नगर कमिटीको संयोजकमा चयन गरिएको हो ।
शनिबार बागलुङ बजारमा भएको नगर भेलाले आचार्यको संयोजत्वमा ३१ सदस्यीय नगर कमिटी गठन गरेको हो । कमिटीको सदस्यमा चिरञ्जीवी शर्मा, प्रकाश बोसेल, शतिस केसी, प्रमेश थापा, सुमन बोहरा, सुमन केसी, तुलसी थापा, दुर्गा थापा, महेन्द्र थापा, नवीन थापा, राधा शर्मा, मनिसा सापकोटा र निशान केसी छन् ।
बाँकी सदस्य तथा पदाधिकारीहरु नगर कमिटीको पहिलो बैठकले टुंगो लगाउने जिल्ला सचिव भरत पुरीले जानकारी दिए । भेलाको उद्घाटन गर्दै पार्टीका पोटिल ब्युरो सदस्य रामजीप्रसाद शर्माले नेकमा एसमा देखिएको युवाको आकर्षण मुलकमा आमुल परिवर्तनको संकेत भएको दाबी गरे । शर्माले नेकपा एस छिट्टै मुलुकको जिम्मेवार दल बन्ने दाबी गर्दै सबै कम्युनिस्टहरु गोलबद्ध हुनुपर्नेमा जोड दिए ।
युवा संघमा बोहोरा
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी निकट युवाहरुको संगठन युवा संघ बागलुङ क्षेत्र नं. १ कमिटिको अध्यक्षमा सुमन बोहरा चयन भएका छन् । उपाध्यक्षमा केदार बोसेल, सचिवमा करण बोहरा, सहसचिवमा पवन विक, कोषाध्यक्षमा निसा केसी र रमन घमाल छन् ।
युवा संघ बागलुङ नगर कमिटीको संयोजकमा सुमन केसी र सहसंयोजकमा सरोज केसी चयन भएका छन् । भेला आयोजक समितिका संयोजक जीवन आचार्यको अध्यक्षता र जिल्ला सचिव भरत पुरीको सञ्चालनमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा, प्रदेश कमिटी सदस्य हिमाल शर्मा, गोविन्द गौतम, जिल्ला अध्यक्ष लालबहादुर थापा लगायतले बोलेका थिए ।





