बागलुङ – राष्ट्रिय जनमोर्चा जैमिनी नगर कमिटीले थुना मुक्त भएका युवा नेताहरुलाई स्वागत गरेको छ । अखिल नेपाल युवक संघ बागलुङका पुर्व जिल्ला सचिव मनबहादुर श्रीस, युवक संघका जिल्ला सदस्यहरु श्री प्रसाद थापा र ओमकार श्रीसलाई जैमिनी–१० राङखानीमा एक कार्यक्रम गरी स्वागत गरेको हो ।
२०६४ सालको संविधानसभा निर्वाचनका बेला भएको घटनामा संलग्न भएको भदै कुटपिट मुद्दामा एक वर्ष थुनामा रहेका उनीहरु असोज ३ गते थुनामुक्त भएका थिए । संविधान दिवसको अवसरमा बाँकी कैद मिनाहा भएको थियो ।
नेताहरुलाई स्वागत गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य दिल बहादुर दर्जीले झुट्ठा मुद्दा र यातनाले युवाहरुलाई बिचल्लित बनाएको बताए ।
कार्यक्रममा थुना मुक्त भएका युवक संघ बागलुङका पुर्व जिल्ला सचिव मनबहादुर श्रीस, जैमिनी वडा नं. १० का वडा अध्यक्ष नरबहादुर थापाले बोलेका थिए । राष्ट्रिय जनमोर्चा जैमिनीका अध्यक्ष दिल बहादुर श्रीसको अध्यक्षता, नगर सदस्य टिका आचार्यको सञ्चालन र सदस्य नारायण पौडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।





