आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गलकोटका भलिवल खेलाडीलाई घुम्टे युवा क्लवको सम्मान

गलकोटका भलिवल खेलाडीलाई घुम्टे युवा क्लवको सम्मान


  • ढोरपाटन संवाददाता
  • असोज २८ २०७८, बिहिबार

बागलुङ – सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मले भलिबल खेलाडीहरुलाई सम्मान गरेको छ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा दोसल्ला, सम्मान पत्र र मायाको चिनोद्वारा गलकोट नगर भलिबल टिमलाई सम्मान गरिएको संस्थाका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए ।
गलकोट क्षेत्रबाट राष्ट्रिय स्तरका खेलमा उत्कृष्ट प्रर्दशन गरेर नगरलाई खेलकुदको विकास र प्रवर्दनमा उल्लेख्य योगदान पुराएको र आगामी दिनमा खेलाडीलाई थप प्रोत्साहन गर्न सम्मान गरिएको अध्यक्ष थापाले बताए । गलकोट नगरको भलिबल टिमका प्रशिक्षकहरु सुरेन्द्र केसी, हिमाल चालिसे, खेलाडीहरु दिपक मल्ल, मिन बहादुर विश्वकर्मा, बिमल परियार, राजु वि। क, रबि केसी, कुश्मन थापा, प्रकाश वि।क, रिजन राना, सुजन चोखाल, चन्द्र विश्वकर्मालाई सम्मान गरिएको संस्थाका उपाध्यक्ष जीवन साहानीले जानकारी दिए ।

खेलाडीहरुलाई गलकोट नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, संस्थाका अध्यक्ष थम्मन थापा सन्देश, संस्थापक सदस्यहरु राज बहादुर थापा, बेलुकाजी थापा र बाबुराम थापाले सम्मान प्रदान गरेका हुने । सम्मान ग्रहणपछि बोल्दै गलकोट नगर भलिबल टिमका प्रशिक्षक हिमाल चालिसेले यो सम्मानले आगामी दिनमा खेलकुदलाई थप सशक्त बनाउन प्रेरणा मिल्ने बताए ।
खेलाडीहरु दिपक मल्ल र मिन बहादुर विश्वकर्माले यी र यस्ता कार्यले आफुहरुलाई थप हौसला भएको बताए । कार्यक्रममा उपस्थित महानुभावहरु बिच एक आपसमा विजया दशमी, शुभ दीपावली र छठ पर्वको शुभकामना आदान प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाका आजीवन सदस्यहरु, साधारण सदस्यहरु, पुर्व कार्यसमितीका पदाधिकारीहरु, कार्यसमितीका पदाधिकारीहरु, राजनैतिक दलका प्रमुख, संस्थाका सल्लाहकार सदस्यहरु, संस्थापक सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रम संस्थाका सचिव सावित्री थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->