बागलुङ/ बागलुङ जेसीजले अयोजना गरेको जेसीज सप्ताहअन्र्तगत पत्रकार महासंघ र बागलुङ जेसीजबीच मैत्रीपूर्ण फुटशल सम्पन्न भएको छ । बागलुङमा रहेको रश आवर फुटसलमा भएको खेलमा दुवै समुहले बराबरी गोल गरेका थिए ।
खेलको पहिलो पाँच मिनेटमै सुरुवाती गोल गरेको पत्रकार महासंघले १२ गोल गर्दा जेसीजले पनि १२ गोलनै फर्कायो । दुबै समुह बराबरी खेल्दै मैत्रीपूर्ण खेल सकिएको जेसीज सप्ताहका मुल संयोजक अम्मर थापाले बताए । जेसीजले कात्तिक १२ गतेसम्म बिभिन्न रचनात्मक कार्यक्रम गर्दै सप्ताह मनाउँदै छ ।





