बागलुङ/बागलुङ जेसीजको सप्ताह व्यापी कार्यक्रम अन्र्तगत दोश्रो दिन सत्यदेवी स्मृति स्लो बाइक रेश प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा पुरुष तर्फ सागर जिसी र महिला तर्फ मञ्जु सुनार बिजयी भएका छन् । ४४ जनाले भाग लिएको प्रतियोगितामा धेरै समय लगाएर तोकिएको दुरी पार गर्नेलाई पुरस्कृत गर्ने चलन छ । युवाहरुमा बढ्दो मोटरसाइकल क्रेज र दुर्घटनाबाट बचाउनकालागि यो प्रतियोगिता गरिएको जेसीजका अध्यक्ष आनन्द रेग्मीले बताए ।
बिजयी भएका जिसीले १ मीनेट ४५ सेकेण्डमा १ सय मीटर दुरी पार गरेका थिए । महिला तर्फ बिजयी सुनारले भने सोही दुरी ३२ सेकेण्डमा पार गरेकी थिइन् । जेसीजले हरेक बर्ष युवालाई सचेत बनाउन यो प्रतियोगिता गर्दै आएको छ ।





