बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

‘स्वास्थ्य सेवालाई अपाङ्ता समावेशी बनाऊ’

‘स्वास्थ्य सेवालाई अपाङ्ता समावेशी बनाऊ’

चालु आर्थिक वर्षमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य कार्यक्रमका लागि बजेट नै छै्न ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ९ २०७८, मंगलबार

पोखरा/ पोखरा आयोजित एक कार्यक्रमका वक्ताहरुलेस्वास्थ्य सेवालाई अपाङ्गता समावेशी बनाउनु पर्नेमा जोड दिएका छन् । उनीहरुले अपाङ्गहरुलाई राज्यबाट प्रवाह गर्ने घोषणा गरिएका सेवा र सुविधाहरु सहज तरिकाले वितरण गरिनुपर्ने माग पनि गरेका छन् ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेश कार्यालयको आयोजनामा पोखरामा भएको ‘अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य र पुनःस्थापना तथा प्रादेशिक स्वास्थ्य नीतिमा सवाल समावेश’ विषयक अन्तरक्रियामा उनीहरुले सो माग गरेका हुन् । कार्यक्रममा बोल्दै कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन केन्द्र गण्डकी प्रदेशका निरीक्षक लक्ष्मण बसौलाले विभिन्न नीतिले स्वास्थ्य सेवा प्रवाहामालाई अपाङ्गता समावेशी बनाउनुपर्नेमा जोड दिएको भएता पनि पर्याप्त बजेट र जनशक्तिको अभाव रहेको बताए । उनले चालु आर्थिक वर्षमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य कार्यक्रमका लागि संघ र प्रदेश सरकारले बजेट विनियोजन नभएको पनि जानकारी दिए ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेश कार्यालयको तर्फबाट बोल्दै अध्यक्ष खोमराज शर्माले अपाङ्गता भएका व्यक्तिहरुको शीघ्र पहिचानको लागि जनशक्ति र अस्पतालहरु क्षमता विकास गर्नुपर्ने, सहायक सामग्री बितरण गर्दा नापचाँच गरी प्रयोगसम्वन्धी तालिमसहित बितरण गर्नुपर्नेलगायतका माग राखे ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य बिमा गरेर उपचारमा सहजीकरण गर्न सकिने बताए ।
प्रदेश स्वास्थ्य तालिम केन्द्रका प्रमूख रमेश अधिकारीले प्रदेश स्वास्थ्य तालिम केन्द्रले सञ्चालन गर्ने तालिमरुमा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई समावेश गर्ने गरी तालिमहरु सञ्चालन गर्ने बताए । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिम बहादुर खडकाले अपाङ्गता भएका व्यक्तिहरुको लागी योजना निर्माण गर्न तथ्याङ्क अभाव भएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->