तनहुँ/ तनहुँका फाँटहरुमा लगाईएको धान पाकेर यतिबेला पहेँलपुर भएको छ । जिल्लाको ढोरफिर्दी, मान्द्रेफाँट, साँखे, शेराफाँट, बाह्रविसे, तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे लगायतका फाँटमा धान खेती हुन्छ । असारमा चैते धान थन्क्याएपछि रोपिएको बाहेक अकिकांश टारी र बेसीका फाँटहरुमा यतिबेला धान पहेँलपुर भएर झुलेको छ । कात्तिकको सुरुवातसँगै परेको बेमौसमी बर्षाले तर्साएको किसानले पाकेको धान काट्न सकेका छैनन् ।






तस्बिर/शब्द : विनोद ढुंगाना





