आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गलकोटमा खेलाडी सम्मान

गलकोटमा खेलाडी सम्मान


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०७८, बिहिबार

बागलुङ/ढोरपाटनमा सम्पन्न दोश्रो मेयरकम रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको टिमलाई गलकोट नगरपालिकाले सम्मान तथा पुरस्कार दिएको छ ।
बुर्तिवाङ राइजिङ क्लबले संचालन गरेको दोश्रो ढोरपाटन मेयर रनिङ कप भलिबल प्रतियोगिता गलकोटले जितेको थियो । फाइनलमा गलकोट बीले ढोरपाटन एलाई पराजित गरेर उपाधि हात पारेको हो । खेलमा गलकोटले २६–२४, २७–२५ र १५–१३को सेटा पराजित गरेको थियो ।

बुधवार हटियामा आयोजित एक कार्यक्रममा नगरपालिकलो ५० हजार नगद सहित टिमलाई सम्मान प्रदान गरेको थियो । नगरप्रमुख भरत शर्मा गैरेले उक्त रकम हस्तान्तरण गरे । साथै खेलाडीलाई सम्मान समेत गरेका थिए । कार्यक्रममा शर्माले खेल मार्फत राष्ट्रिय खेलाडीले गलकोट नगरको गरिमा पनि बढाएको बताए । भलिबल टोलीका सदस्यहरु ध्नबहादुर भट्ट, मानबहादुर श्रेष्ठ, दुर्गा खड्का, हरि अधिकारी, राजेन्द्र बिष्ट, सुजन चोखाल, राजन दर्लामी, प्रकाश सुनार लगायत खेलाडी सम्मानित भएका हुन् । टिम म्यानेजर जीवन सहानी, कोच सुरेन्द्र केसी र हिमाल चालिसेले गरेको उत्कृष्ठ व्यवस्थापनले टिमले जित हासिल गरेको खेलाडीले बताए ।

कार्यक्रममा उपप्रमुख रेनुका काउचा, भलिबल संघका उपाध्यक्ष योगेश भण्डारीलेपनि शुभकामना दिएका थिए । नगरप्रमुख शर्माको अध्यक्षता, प्रवक्ता हिमबहादुर भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । गलकोटले उपाधि जितेर १ लाख १ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->