
तनहुँ/ हिमाल छर्लंग खुल्न थालेको छ । टारी खेत र बेसी फाँटभरिपहेँलपुर भएर धान झुल्न थालिसके । बेला बखत कुहिरोको घुम्टोले डाँडाकाडा ढाकेर रोमाञ्चक दृश्य बनाइदिन्छ । प्रकृति पनि निकै रमणीय देखिन्छ ।यो समयमा प्रकृतिसँगरम्ने उदेश्यलेपदयात्रामा आन्तरिक पर्यटकको पदचाप लम्किरहेका छन् ।
पर्यटनको राजधानी मानिने गण्डकी प्रदेशमा लामो तथा छोटा दूरीको पदमार्ग प्रशस्तै छन् । धेरैजसो पदमार्ग हिमाली सेरोफेरोमाछन् । विश्वकै चर्चित अन्नपूर्ण पदमार्ग, अन्नपूर्ण सेरोफेरो, मनास्लु क्षेत्रको पदमार्ग हिमाली भेगमा छन् । यी लगायतका हिमाललाई फेरो मार्ने अधिकांशपदमार्गमा यतिबेलापदयात्री उक्लिरहेका छन् ।
कोरोना प्रभावले २वर्षपछि पदयात्री धमाधम उक्लँदा पदमार्ग क्षेत्रमा चहलपहल निकै बढेको छ । तर, पोखराबाट नजिकको दूरीमा पर्ने हिमाल हेर्दै पहाडी भूगोलमा पदयात्रा गर्न सकिने सहस्राब्दी पदमार्ग ‐मिलेनियम ट्रेक) भने सुनसान छ ।
पोखराबाट सबैभन्दा नजिक तनहुँ र स्याङजा २ जिल्लालाई जोडेको७२ किलोमिटर दूरी रहेकोमध्ये पहाडी क्षेत्रमा पर्नेयो पदमार्ग विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण २वर्षदेखि सुनसान बनेको हो । हिमाल हेर्दै,ओकालीओरालीगर्दै ग्रामीण परिवेशमा रमाउन चाहनेकालागि उपयुक्त सहस्राब्दी पदमार्ग पर्यटकको प्रतीक्षामा छ ।
पदमार्ग अन्तर्गत तनहुँ र स्याङजाका विभिन्न १७ गाउँमा सञ्चालन गरिएका होमस्टे पनि शून्यप्रायः छन् । होमस्टे सञ्चालक पाहुनाको प्रतीक्षामा बसिरहेका छन् । फूलका गुच्छा र गाउँलेको न्यानो मायाले अतिथि सत्कार गर्न आत्तुर छन्, उनीहरु ।
२वर्षदेखि पदयात्रामा पर्यटक नआउँदा होमस्टे सुनसान रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका१२ मा सञ्चालित घरेडी सामुदायिक होमस्टेकी अध्यक्ष लक्ष्मी गुरुङले बताइन् । ‘पहिला पदयात्रामा पाहुना आइरहन्थे । २वर्षयता ठप्पै छ । होमस्टे पनि शुनसान छ,’ उनले भनिन् । आर्थिकस्तर उकास्न होमस्टे सञ्चालन गरेपनि पाहुना नहुँदाआम्दानीको स्रोत बन्द भएको गुरुङले बताइन् ।
सहस्राब्दी पदमार्गले नै पर्यटक पर्खिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङ बताउँछन् । ‘कोरोनाले सबैतिर प्रभाव पा¥यो । पछिल्लो समय अन्य गन्तव्यमा चहलपहल बढेपनि मध्यपहाडी क्षेत्रमा भएकाले सहस्राब्दी पदमार्गमा अझै चहलपहल बढ्न सकेको छैन,’ उनले भने, ‘लामो समय सुनसान रहेको पदमार्गमा पर्यटक भिœयाउन हामी प्रचासप्रसारको तयारीमा छौं ।’
गुरुङका अनुसार पदयात्रीविहीन पदमार्ग केही ठाउँमा भत्किएको छ । अधिकांश जंगल क्षेत्रमा पर्ने पदमार्ग घाँसपातको झाडीले ढाकिएको छ । व्यवस्थापन समितिले १० औं वर्ष पुरानो पदमार्गको नक्सालाई पुसभित्र सक्नेगरी अध्यावधिकको काम थालेको उनले बताए । सन् २००० देखि पदमार्ग सञ्चालनमा आएको हो ।
६ रात ७ दिनको रुट रहेको पदमार्ग तनहुँको गाछेपानीबाट सुरु हुन्छ ।तनहुँमा पृथ्वी राजमार्ग ‐गाछेपानी)बाट सुरु भएको पदमार्ग स्याङजाको सिद्धार्थ राजमार्ग ‐रामबाच्छा) पुगेर टुंगिन्छ । पदमार्गको सुरुवात विन्दुमा मिनी मुक्तिनाथको परिचय बनाएको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम छ ।
सेती नदीको पानीको वहावले कुँदेर बनाएको ढुंगे बगैंचा हुँदैपदयात्री प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिरको मन्दिरको दर्शनमा पुग्छन् । त्यसपछि उकालो चढेर रजस्थल होमस्टे हुँदै ऐतिहासिक ढोर मूलकोट दरबार घुम्छन् । ढोर लामागाउँ, घरेडीको मिलेनियम गुफा, राइपुरको जन्तेढुंगा तनहुँ खण्डका गन्तव्य हुन् ।स्याङजातर्फ कोल्मा वराहचौर, बहाकोट, राङभाङ, पेल्काचौर, बानेथोक देउराली, माझकोट, शिवालय र मनकामना आसपासका पर्यटकीयस्थललाई पदमार्गले जोडेको छ ।
हिमालका चुचुरा, हरियाली डाँडाकाडा, सुर्योदय र सुर्यास्तको मस्त दृश्य, नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर, चराचुरुंगी, जंगली जनावार र ग्रामीण परिवेश सहस्राब्दी पदमार्ग ‐मिलेनियम ट्रेक) मा पर्यटक लोभ्याउने आधार हुन् । पदमार्गमा अधिकांश मगर र गुरुङ समुदायकोबस्ती छ ।
कहींकतै ब्राह्मण, क्षेत्री र भुजेल बस्ती भेटिन्छ । यहाँका बस्तीमा पदयात्री ‐पाहुना)लाई स्वागत गर्न कौराहा, सालैजो, झ्याउरे, झोर्रा, पेल्काचौरे ठाडो भाका, सोरठी, यानीमाया, घाटु, बालन लगायतका मौलिक लोक संस्कृति गुञ्जन्छ । पाहुनालाई होमस्टेले अर्गानिक खान्की खुवाएर फेरि आउन निम्तो बाँड्छ ।
गाछेपानीबाट सुरु भएको पदमार्गको पहिलो दिन रजस्थल पुगेर बास बस्न सकिन्छ । दोस्रो दिन साँधी खोला, तेस्रो दिन पोखरीछाप, चौथो दिन चन्द्रकोट, पाँचौ दिन डाँडागाउँ, छैठौँ दिन सुन्तलाबारी होमस्टमाबास हुन्छ । पदमार्गले तनहुँ र स्याङजाका साविकका १३ गाविसको ऐतिहासिक, धार्मिक, सामाजिक र साँस्कृतिक पक्षलाईसमेटेको छ ।
संघीयता कार्यन्वयनसँगै हाल तनहुँको शुक्लागण्डकी नगरपालिकासँगै स्याङ्जाको पुतलीबजार नगरपालिका, बिरुवा गाउँपालिका, भिरकोट नगरपालिका र वालिङ नगरपालिकामा परेको छ, पदमार्ग ।
तर, कुनै पनि स्थानीय सरकारले पदमार्गलाई अपनत्व महसुस नगरेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङ बताउँछन् । भन्छन्, ‘स्थानीय सरकारले पर्यटनलाई बुझे जस्तो लाग्दैन् । पर्यटनलाई पहिलो प्राथमिकता भन्छन् । कार्यक्रम गर्दैनन् । हामीले गुरुयोजना बनाएर दिएपनि कार्यन्वयनमा चासो भएन ।’पदमार्गमा लगानी गरे त्यहाँबाट आउने रोयल्टी स्थानीय सरकारको आम्दानीको स्रोत बन्ने उनले जनाए ।
पदमार्गमा पर्ने बस्तीहरु रित्तिन थालेपछि होमस्टे चलाउनमुस्किल देखेरमिलेनियम ट्रेक व्यवस्थापन समितिले ३वषअघि ४ स्थानमा रिसोर्ट खोल्ने तयारी थालेको थियो । तनहुँको मगरनास सहित स्याङ्जाको कोल्मा, पेल्काचौर र सिगारकोटमा रिसोर्ट सञ्चालन गर्ने भनिएपनि काम अगाडि बढेको छैन।गुरुयोजना तयार गरेपनि काम अगाडि बढाउन कोरोनाले प्रभाव पारेको समितिले जनाएको छ ।
तस्बिर पनि छ ।





