बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सुन्दर बुकी घुम्न ढोरपाटन जाउँ

सुन्दर बुकी घुम्न ढोरपाटन जाउँ


  • ढोरपाटन संवाददाता
  • कार्तिक २२ २०७८, सोमबार

बागलुङ/नेपालको एक मात्रा साहसिक सिकार पर्यटनको लागि प्रख्यात क्षेत्र हो ढोरपाटन सिकार आरक्ष । बागलुङ, म्याग्दी र रुकुम तीन जिल्लामा फैलिएको यो आरक्षको मुख्य गन्तव्यको रुपमा ढोरपाटन उपत्यकालाई लिने गरिन्छ ।

ढोरपाटन उपत्यकादेखि ४÷५ घण्टाको पैदल यात्रामार्फत पुग्न सकिने बुकी क्षेत्र ढोरपाटनको खास र आकर्षक पर्यटकीय गन्तव्य हो । ढोरपाटन घुम्न जाने अधिकांश आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन उपत्यका, उत्तरजंगा र ढोरबराह मन्दिरमा पुगेर फर्किन्छन् ।

स्थानीयवासी, गोठाला, सिकार आरक्षमा कार्यरत कर्मचारीलाई थाहा भएको तर धेरै प्रचार र पहुँचमा नभएको फागुने लेक, गार्पा लेक, जलजला, निसेल ढोर क्षेत्र ओझेलमा परेका छन् ।

करिब चार हजार मिटरको उचाइमा रहेका उक्त बुकी क्षेत्र धौलागिरि, अन्नपूर्ण लगायतका दर्जनौ हिमशृङखला नजिकबाट अवलोकन गर्नको लागि उपयुक्त क्षेत्र हुन ।

स्थानीय श्यामकुमार विकका अनुसार बुकी क्षेत्रमा पर्यटकलाई पुर्याउन सके मात्रा ढोरपाटनको थप महत्व र गन्तव्यको रुपमा विकास हुनेछ । बुकी क्षेत्रमा ठूला रुख हुँदैनन् । त्यहाँ पुग्ने जो कोहीलाई पनि मरुभूमिको झल्को दिने विकको भनाई छ ।

उक्त क्षेत्रमा पुगे पछि आँखै अगाडि देखिन हिमश्रृखला ले उकालो यात्राको थकान र चिसो भुलाउने ढोरपाटन नगरपालिका–६ का वडाध्यक्ष जीवन पुनको भनाइ छ ।

ढोरपाटन क्षेत्रका पशुपालक कृषकहरु जेठदेखि असोजसम्म गाई, भैंसी, भेडा, बाख्रा लिएर बुकी क्षेत्रमै बस्छन्। ढोरपाटन क्षेत्रका स्थानीयको घुम्ती बसाइँ, घुम्ती पठन पाठन, घुम्ती व्यापार र जीवनशैली पनि अध्ययन र अवलोकनको लागि आकर्षक विषय हुन् ।

मध्यपहाडी लोकमार्गको यात्रा पछि बुर्तिवाङदेखि तीस किलो मिटर यात्रा पछि ढोरपाटन पुगिन्छ। ढोरपाटन सिकार आरक्ष प्रवेश गर्दा हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६ को कानुनी व्यवस्था अनुसार नेपाली नागरिकलाई एक सय, सार्क मुलुकका नागरिकलाई एक हजार पाँच सय र विदेशी नागरिकलाई तीन हजार रुपियाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->