बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँमा फरार दुई जना प्रतिवादी पक्राउ

तनहुँमा फरार दुई जना प्रतिवादी पक्राउ


  • ढोरपाटन संवाददाता
  • कार्तिक २६ २०७८, शुक्रबार

 

तनहुँ/तनहुँ प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लागु औषध मुद्धामा चार बर्षदेखी फरार रहेका दुई युवालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ सत्रसयका २५ बर्षीय विजय गुरुङ र २६ बर्षीय विजयी अधिकारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक युवराज तिम्लिसिनाले बताए ।

यी दुवैलाई लागु औषध मुद्धामा जिल्ला अदालत तनहुँले १४ असार २०७४ मा दोषी ठहर गर्दै १० दिन कैद र दुई हजार रुपैयाँ जरिवाना तोकेको उनले जानकारी दिए । फैसला लगत्तै फरार दुईलाई नियन्त्रणमा लिएर कैद भुक्तानका लागि कारागार चलान गरेको तिम्लिसिनाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->