पोखरा/ पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धिविरुद्धमा पोखरामा टायर बालिएको छ । विद्यार्थीले विभिन्न चरणबद्ध आन्दोलनको घोषणा गरिरहेका थिए । नेकपा विप्लव समूह निकट अखिल क्रान्तिकारी पिएन क्याम्पसका विद्यार्थीले टायर बालेका हुन् ।
अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पसका सभापति उपेन्द्र परियारसहित अर्का एक जना मोटरसाइकलमा सवार भई पोखरा महानगरपालिका ९ नयाँ बजार रोडमा टायर बाली भागेका थिए । मूल्य वृद्धिविरुद्ध पछिल्लो समय सत्तारुढ दलकै विद्यार्थी संगठनले समेत देशव्यापी आन्दोलन गर्दै आइरहेका छन् ।





