बागलुङ/सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था बागलुङ जिल्लाबाट उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । आन्तरिक राजस्व कार्यालय बागलुङले दशौं राष्ट्रिय कर दिवसको अवसरमा सिवाइसीलाई सम्मान गरेको हो ।
बुधबार आयोजित कार्यक्रममा आर्थिक वर्ष २०७६÷०७७ मा राजस्व कार्यालय बागलुङको कार्यक्षेत्रअन्तर्गत बागलुङबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताको रुपमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था परेको प्रमुख कर अधिकृत शालिग्राम आचार्यले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख कर अधिकृत आचार्यले सिवाईसी नेपालले राज्यलाई कर तिरेर उत्कृष्ठ बनेको बताए । लघुवित्त वित्तीय संस्थाका प्रवन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्मालाई आचार्यले सम्मान समेत गरेका थिए ।





