नवलपुर/ नवलपुरको कावासोतीको भित्री सडकमा अटो रिक्साको ठक्करबाट एक जनाको मृत्यु भएको छभने दुइ जना गम्भीर घाईते बनेका छन् ।
कावासोती–११ लौगाईस्थित भित्री सडकमा पैदल हिँडेका एकै परिवारका ३ जनालाई अटो रिक्साले ठक्कर दिएको हो । दक्षिणवाट उत्तरतर्फ आउँदै गरेको लु१ह १०३३ नम्वरको अटो रिक्साले सोही ठाउँका ४९ बर्षका गोपाल चापागाई, उनकी श्रीमती ४६ बर्षीया राधा चापागाई र छोरा २९ बर्षका पंकज चापागाईलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।
प्रहरीका अनुसार गोपालको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको हो । आमा–छोराको भरतपुरमा उपचार भईरहेको छ । अटो चालक कावासोती नगरपालिका वडा नं. ११ की जमुना महतो र अटो प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान थालेको छ ।





