शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

‘समुदायमा सचेतना बढाएर संक्रमण घटाऔं’

‘समुदायमा सचेतना बढाएर संक्रमण घटाऔं’


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०७८, बुधबार

बागलुङ/ असमानता हटाऔं, एड्स अन्त्य गरौं भन्ने नाराका साथ ३४ औं विश्व एड्स दिवस मनाइने भएको छ ।
हरेक बर्ष डिसेम्बर १ गतेका दिन मनाइने यो दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउने कार्यक्रम गर्ने, दुव्र्यसनमा परेका युवालाई परामर्श र सुरक्षित सुई वितरण गर्ने तथा क्रमशः संक्रमणको दर घटाउने योजना स्वास्थ्य कार्यालयले बनाएको कार्यालयका प्रमुख सुरज गुरौले बताए ।

पछिल्लो समय लागूपदार्थ सेवन कर्ताबाट एचआइभी संक्रमण बढ्न थालेको भेटिएपछि दुव्र्यसनमा लागेका युवालाई सुरक्षित सुई वितरणसमेत थालिएको कम्युनिटी सपोर्ट गु्रप बागलुङका प्रमुख प्रदीप जिसीले बताए ।
जिसीका अनुसार अहिले पनि जिल्लामा १ सय ८ जना युवाले असुरक्षित सुइ प्रयोग गरेको भेटेपछि सुरक्षित सुई वितरण गरिएको हो । सुई वितरण गर्दा प्रयोग दर घटाएर सामान्य अवस्थामा ल्याउने प्रयास थालिने छ । वैदेशिक रोजगारीमा गएका युवा र उनीहरुको परिवार, यौन व्यवसाय गर्नेहरु, लागूपदार्थ दुव्र्यसनमा लागेकाहरुबाट एड्स संक्रमण बढी हुने गर्छ । कार्यालय र कम्युनिटी सर्पोट गु्रप तथा राष्ट्रिय एड्स रोग निवारण तथा समन्वय समितिले यो अभियानमा साथ दिएर न्युनीकरणमा काम थालेका छन् । उनीहरुलाई जनचेतनामार्फत् सर्तक बनाउने र आगामी सन् २०३० सम्ममा संक्रमणको दर न्यून बनाउने, परीक्षणको दर ९५ प्रतिशतमा पु¥याउने, उपचारको दरपनि ९५ प्रतिशत नै बनाउने लक्ष राखिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।

विश्व एड्ड दिवसको अवसरमा बुधवार पत्रकार अन्तरक्रिया गरेर कार्यालयले आम नागरिकको आनिवानी परिवर्तन गर्ने वातावरण बनाउन लागेको समेत बताइयो । सन् १९८१ म पहिलो पटक एचआइभीको संक्रमण भेटिएको थियो । २०२० को अन्त्य सम्ममा विश्वमा ७करोड ९३ लाख जनामा यो संक्रमण भैसकेको अनुमान छ । सुरुसुरुमा प्राण घातक रोग भएपनि आजकल भने सर्तकर्ता र उपचार पद्दतिले बाच्ने समय बढाउन सकिने अबस्था आएकोले निवारणका कार्यक्रम ल्याएको उनले बताए ।

अन्तरक्रियामा स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिघिरे, कम्युनिटी सपोर्ट गुूपका प्रमुख प्रदीप जिसी र राष्ट्रिय एचआइभी एड्स समन्वय समितिकी सिर्जना थापाले प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय अधिकारी कृष्णराज शर्मा र नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले कार्यक्रमको शुभकामना दिंदै सधै सचेत रहनुपर्ने सुझावसमेत दिएका थिए ।
अन्तरक्रियामा पत्रकारहरुले कोभिडको समयमा एचआइभी संक्रमितको अबस्था, औषधी बितरणमा भएका कठिनाइ र त्यसकालागि कार्यालयले गरेको तयारी र क्रियाकलापबारे जिज्ञाशा राखेका थिए । घिमिरेले पत्रकारको जिज्ञाशाको जवाफमा गोप्य रुपमा औषधि बितरण गर्ने हुँदा तोकिएका परिचालक र स्वास्थ्यकर्मीको माध्यमबाट घरघरमा तथा टोलछिमेकमा पु¥याउने गरिएको जानकारी दिए । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->