बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सञ्चारिका तनहुँमा रसाइली

सञ्चारिका तनहुँमा रसाइली


  • ढोरपाटन संवाददाता
  • मंसिर १८ २०७८, शनिबार

तनहुँ\सञ्चारिका समूह तनहुँको अध्यक्षमा सम्झना रसाइली चयन भएकी छन् । शुक्रबार भएको समूहको पहिलो अधिवेशनले रसाइलीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा ममता गुरुङ, सचिवमा सुनिता आचार्य, सहसचिवमा निशा थापामगर र कोषाध्यक्षमा शर्मिला विक चयन भए । सदस्यमा सावित्रा कोइराला, सोनिया लगुन, मञ्जु थापा र करुणा थापा छन् ।
नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पौडेल, उपाध्यक्ष अस्मिता खनाल, निवर्तमान उपाध्यक्ष नारायण खड्का र सञ्चारिका समूह तनहुँकी संस्थापक अध्यक्ष सन्तोषी श्रेष्ठलाई समितिको सल्लाहकारमा चयन गरिएको छ ।
सञ्चारिकाको अधिवेशनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदीप काफ्लेले पत्रकारले पेशागत मर्यादा र जिम्मेवारीलाई गहन तरिकाले निर्वाह गर्नुपर्ने बताए । पत्रकारिता समाजलाई सही दिशा निर्देश गर्ने माध्यम भएकाले पत्रकार संवेदनशील बन्नुपर्ने उनको भनाइ छ ।
अमेरिकाको मेरिल्यान्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारका महावाणिज्य दूत एवं वरिष्ठ लोक गायक प्रेमराजा महतले तनहुँका पत्रकारको क्षमता अभिवृद्धि गर्नलाई सहयोग र सहकार्य गर्न तयार रहेको जनाए । महतले सञ्चारिकाको कार्यक्रम तथा गतिविधि सञ्चालानार्थ २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । सञ्चारिका तनहुँले एक लाख रुपैयाँको ‘तनहुँ सञ्चारिका अक्षयकोष’ स्थापना गरी प्रत्येक वर्ष जिल्लामा सक्रिय एक जना पत्रकार महिलालाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->