जाडोमा छाला बढी सुख्खा हुन्छ । त्यसैले छालालाई मोइस्चराइज गर्नुपर्छ । छाला बढी सुख्खा छ भने ओयल बेस्ड मोइस्चराइजर प्रयोगगर्नु उपयुक्त हुन्छ । प्रायले जाडोमा मोइस्चराइजर प्रयोग गर्न आवश्यक मानिँदैन तर त्यसो गर्नु ठीक होइन ।
वर्षभरिका महिनामध्ये यो पुस महिना एकदमा जाडो हुने महिना मानिन्छ । जाडो मौसम सुरु भएसँगै छालामा विभिन्न समस्याहरू देखिन थाल्छ । जाडोमा हाम्रो शरीरबाट छालालाई चाहिने चिल्लो पदार्थ कम उत्पादन हुने हुँदा छाला फुस्रोपन, सुख्खापन, खस्रोपन हुने र फाट्ने जस्ता समस्या धेरैलाई हुन्छ । जाडो मौसममा बाहिरको र शरीरभित्रको तापक्रमको सन्तुलन नमिल्दा पनि त्यस्को प्रभाव छालामा देखिने गर्छ । जाडो मौसममा छालामा के–कस्ता समस्याहरू देखिन्छन् र त्यस्ता समस्याबाट बच्न के–के कुरामा ध्यान दिने भन्ने विषयमा आज चर्चा गर्दैछु ।
जाडोमा छालामा देखिने समस्याहरूः
सुख्खापनः जाडो याममा हावा चिसो, रुखो र हावाको सापेक्षिक आद्रता पनि घट्छ । जसले छालामा रहेको पानीको मात्रा सुक्न गई चिल्लो पदार्थ घट्न जान्छ त्यसकारण हातखुट्टा, ओठ, अनुहार फुट्ने समस्या देखापर्छ ।
सोरियासिस (कत्ले रोग)ः जाडो याममा देखिने अर्को समस्या हो सोरियासिस । जाडोको बेला छालाहरू अरुबेलाभन्दा बढी सुख्खा हुने भएकाले गर्दा यो झन् बढ्न सक्छ । सामान्यतया मान्छेमा यो समस्या छ भने गर्मीमा भन्दा जाडो भएपछि कत्लाहरू जस्तो भएर फुस्रो हुने र चिलाउने समस्याहरू देखिन्छ ।
घामबाट हुने एलर्जीः जाडो याममा हामी सबैलाई घाम प्यारो हुन्छ । सिधै घाममा बस्दा हामीलाई घामको एलर्जी हुन्छ, त्यसबाट बच्न सनस्क्रिन क्रिम लगाएर घाममा जानुपर्छ । यस्ता क्रिमको प्रयोग गर्दा चिकित्सकको सल्लाहअनुसार प्रयोग गर्नु पर्छ ।
चायाँः जाडो याममा चायाको समस्याले पनि सताउँछ । चिसोले गर्दा राम्रोसँग हाम्रो शरीरको हेरचाह गर्न सक्दैनौँ अनि यो रोग लाग्छ । कपालमा चायाँ पर्ने समस्या पनि जाडो याममा बढी देखिन्छ ।
लुतोः चिसो मौसममा मानिस प्राय कम नुहाउने, छालाको सरसफाईमा ध्यान नदिने, लामो समयसम्म एउटै कपडा लगाउने गर्छन् जसले गर्दाशरीरमा लुतो आउने समस्या हुन्छ ।
कसरी गर्ने हेरचाह ?
जाडोमा छाला बढी सुख्खा हुन्छ । त्यसैले छालालाई मोइस्चराइज गर्नुपर्छ । छाला बढी सुख्खा छ भने ओयल बेस्ड मोइस्चराइजर प्रयोगगर्नु उपयुक्त हुन्छ । प्रायले जाडोमा मोइस्चराइजर प्रयोग गर्न आवश्यक मानिँदैन तर त्यसो गर्नु ठीक होइन । छाला बढी सुख्खा छभने पेट्रोलियम जेली प्रयोग गर्न सकिन्छ । मोइस्चराइजिङका लागि तेल मसाज पनि राम्रो विकल्प हो । नुहाउनुपूर्व नरिवलको तेलले बडी मसाज गर्नुपर्छ । नुहाएपछि बडी लोसन क्रिम वा तेल प्रयोग गर्नुपर्छ । यसबाट मोइस्चर लक हुन्छ र छालाबढी समयसम्म हाइड्रेटेड रहन्छ । नुहाउन तातोभन्दा मनतातो पानी उपयुक्त हुन्छ । धेरै कडा खालको रसायन भएको प्रोडक्टभन्दा माइल्ड स्किनप्रोडक्ट प्रयोग गर्नुपर्छ । कारण कडा रसायनले छालालाई हानि पु¥याउँछ । जाडोमा अनुहारको नेचुरल ओयल कम गर्ने खालको फेसप्याक वा मास्कको प्रयोगबाट जोगिनुपर्छ । मड प्याक प्रयोग गर्नुहुँदैन साथै अल्कोहल बेस्ड कुनै प्रोडक्ट प्रयोग नगर्दा बेस्ट हुन्छ ।
एलोबेरा, ग्लिसरिन वा नेचुरल ओयलयुक्त प्रोडक्ट प्रयोग गर्नुपर्छ । अनुहारको मात्र होइन हातको छालाको पनि विशेष हेरचार गर्नुपर्छ । हातको छाला पनि पातलो हुन्छ भने हातमा तैलीय ग्रन्थीसमेत कम हुन्छ । ह्यान्ड ग्लोभ प्रयोग गर्न सकिन्छ भने पानीमा काम गरेपछि ह्यान्डक्रिम वा लोसन लगाउनुपर्छ ।कुहिनाको रफ र सुख्खा छालाका लागि कागतीमा मह वा चिनी मिश्रित स्क्रब प्रयोग गर्न सकिन्छ । यसले छालालाई कोमल एवं मुलायम राख्छ । हातखुट्टा बढी सुख्खा छन् भने लेक्टिक एसिड लोसन प्रयोग गर्न सकिन्छ । पानीमा दुई कप दूधमिसाएर नुहाउन सकिन्छ । दूधमा भएको ल्याक्टिक एसिडले छालालाई कोमल बनाउँछ । मेनिक्योर–पेडिक्योर गर्दा पानीमा प्राकृतिकतेल हाल्नु राम्रो हुन्छ । सुतीको मोजा प्रयोग गर्नुपर्छ । यसले कुर्कुच्चा फुट्न दिँदैन । अनुहारलाई लाइट स्क्रबले एक्सफोलिएट गर्नुपर्छ । यसबाट मृतछाला हटेर छाला फ्रेस अनि ब्राइट हुन्छ । हाइट्रेटिङ फेस मास्क प्रयोग गर्नुपर्छ । यसका लागि होममेड मास्क पनि तयार गर्न सकिन्छ । एक–एक चिया चम्चा मह र मलाई मिक्स गरी अनुहारमा प्रयोग गर्ने अनि १५ मिनेटपछि चिसो पानीले पखाल्ने । यो मास्कले छालालाई हाइड्रेट गर्छ । एक–एक चिया चम्चा कोको वाटर र ओलिभ आयल मिक्स गर्ने । त्यसमा थोरै अदुवाको पेस्ट पनि मिसाउने । अनुहारमा १५ मिनेट जति राखेर पखाल्ने ।
कोको वाटकर प्राकृतिक उत्पादन हो । पिम्पल्सको समस्या छ भने यसको प्रयोग गर्नु हुँदैन । बदामको तेल तथा मिल्क मास्क पनि लाभदायक हुन्छ । एक चिया चम्चा बदामको तेलमा दुई चिया चम्चा काँचो दूध मिसाउने । १० मिनेटसम्म अनुहारमा लगाएर राख्ने अनि त्यसपछि पखाल्ने । दूध तथा बदामको तेलको हाइड्रेटिङ गुणले छालामा सकारात्मक प्रभाव छोड्छ । रोजवाटर तथा स्ट्रबेरी फेसप्याक पनि छालालाई ग्लोइङ प्रभाव दिन सक्षम हुन्छ । दुई चिया चम्चा स्ट्रबेरी पल्पमा एक चिया चम्चा गुलाबजल मिसाएर अनुहारमा प्रयोग गर्ने । २० मिनेटपछि अनुहार धुने । स्ट्रबेरी भिटामिन सी तथा ओमेगा थ्रीले भरिपूर्ण हुन्छ । यसले छालालाई पोषण प्रदान गर्छ । केरा तथा मिल्क पाउडरको मास्क पनि प्रयोग गर्न सकिन्छ । कारण केरा मोइस्चराइजिङ गुणकालागि परिचित छ । एक चिया चम्चा म्यास गरिएको केरा तथा मिल्क पाउडर मिसाउने । छाला धेरै ओयली छ भने मिल्क पाउडरको साटो गुलाबजल मिसाउन सकिन्छ । त्यसमा केही थोपा मह पनि हाल्नुपर्छ । यो मास्कलाई २० मिनेटसम्म राखी अनुहार पखाल्ने । यसले छालालाई हाइड्रेट सफ्ट र स्मुद बनाउँछ । दहीले मसाज गर्दा छाला चम्किलो हुन्छ ।यी सबै कुरासँगै हेल्दी डाइट, नियमित व्यायाम, पर्याप्त निद्रा तथा प्रशस्त मात्रामा पानी सेवन गर्नु पनि उत्तिकै आवश्यक हुन्छ ।
माथी उल्लेखित सम्पुर्ण विधिहरू पुर्ण प्रकृतिक र नकारात्मक असररहित हो । पुर्ण रुपमा नतिजा प्राप्तीको लागी माथी उल्लेखित कुनै एक विधिमध्ये एक विधिलाई नियमित ३० दिनसम्म प्रयोग गर्नुहोला ।





