पोखरा/पोखराका विश्वास राज पौडेल त्रिभुवन विश्वविद्यालय अन्तर्गत एमफिल तहमा सर्वोत्कृष्ट भएका छन् । व्यवस्थापन संकायका विद्यार्थी पौडेल २०७६ सालको एम फिल तहको परिक्षामा ३.९६ जीपीए ल्याएर सवोत्कृष्ट भएका थिए ।
काठमाडौंमा सोमबार भएको त्रिविको ४७ औं दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदकबाट उनी विभुषित भएका हुन् ।समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई सो स्वर्ण पदक प्रदान गरेका थिए । प्रधानमन्त्रीले समारोहमा पौडेल सगै अन्य २७ जना विद्याथीहरुलाई विभिन्न पदक प्रदान गरेका थिए ।
पोखरा महानगर २५, हेमजा मिलनचोकस्थित साउथरका स्थानी ३४ वर्षका पौडेल स्व. गोविन्द पौडेल र मन पौडेलका कान्छा छोरा हुन् । पोखरा १ स्थित राष्ट्रिय उच्च माविबाट एसएलसी उत्तीर्ण पौडेलले पोखराको पोखरा कलेज अफ म्यानेजमेन्टबाट बिबिए र काठमाडौं पुरानो बानेश्वर स्थित एपेक्स कलेजबाट एमबिए उत्तीर्ण गरेका थिए । हाल यनी पोखरा स्थित जनप्रिय बहुमुखी क्याम्पसमा एमबिए कार्यक्रम संयोजक छन् ।





