शरीरमा कुनैपनि आन्तरिक तथा बाह्य रोगको संक्रमण र रोगसँग लडी शरीरलाई स्वस्थ्य बनाउने प्रणालीलाई रोग प्रतिरोधात्मक क्षमता भनिन्छ । इम्युनिटी पावर एवं रोग प्रतिरोधात्मक क्षमताले हाम्रो शरीरमा संभावित रोगको संक्रमणबाट रक्षा गर्छ । रक्त सञ्चार बढाउनाले प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ । रगत शरीरको सबैभन्दा महत्वपूर्ण भाग हो । रगतले पूरै शरीरमा न्युट्रियन्ट्स, इलेक्ट्रोलाइट्स, हार्मोन, ताप र अक्सिजन पुर्याउने काम गर्छ ।
हरेक जीवित प्राणीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता हुन्छ, जसले ब्याक्टेरिया, भाइरस आदिको संक्रमणबाट शरीरलाई टाढा राख्छ । जब मानिस मर्छ, तब उनको रोग प्रतिरोधात्मक क्षमता पनि नष्ट हुन्छ । औषधी खाएर वा उपचार गरेर मात्र सबै रोगबाट छुटकारा पाइदैन । यी त कृतिम विधी हुन् । प्राकृतिक विधीबाट रोगमुक्त जीवन पाउनका लागि शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढ्नु भन्नाले हाम्रो शरीरमा विभिन्न रोग लाग्न नदिनु हो । यदि हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने हामीलाई विभिन्न खालका रोगहरुले सजिलैसँग असर गर्ने गर्छन् । कोरोना भाइरसले विश्वप्यापी रूपमा महामारीको रूप लिनुमा पनी कमजोर रोग प्रतिरोधक क्षमता नै प्रमुख कारण हो । त्यसैले हामीले हाम्रो रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन नदिनको लागि हाम्रो दैनिक खानपान र जीवनशैलीमा धेरै ध्यान पुर्याउनुपर्ने हुन्छ । रोग प्रतिरोधात्मक क्षमता बलियो नहुँदासम्म हाम्रो शरीरको विकास राम्रोसँग हुन पाउदैन ।
कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरुमा यस्ता रोगको संक्रमण छिटै हुने गर्छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भयोभने मानिसलाई रुघाखोकीलगायत जुनसुकै सामान्य रोगले पनि चाँडै आक्रमण गर्छ । यसकारण हामीले आफ्नो रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनमा ध्यान दिनुपर्छ । रोग प्रतिरोधात्मक क्षमता बलियो भयोभने हतपत कुनै किटाणुले आक्रमण गर्न सक्दैन । त्यसकारण यस्ता रोगको संक्रमण नहोस् भन्नाका लागि सबैभन्दा पहिलो शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउन आवस्याक छ र शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउन खासै कठिन पनि छैन ।
तरिकाहरुः
मर्निङ वा इभिनिङ वाक
पहिला पहिला धनाढ्य र चलतित्रमा मात्र गरेको देखिने मर्निङ वा इभिनिङ वाक आजभोलि जो कोही पनि स्वस्थ्यप्रति सजक ब्यक्तीहरू मर्निङ अथवा इभिनिङ वाकमा जाने चलन धेरै प्रचलित भएको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने यो एक उत्तम उपाय हो । आजको व्यस्त मानव जीवनशैलीले मानिसलाई बाहिर एकैछिन निस्किने फुर्सद हुँदैन । यस्तो बानीले शरीरको रक्त सञ्चारमा कमी आउँछ । त्यसैले साँझ अथवा बिहान फुर्सद निकालेर अनिवार्य हिँड्नु अथवा दौडिनु आवश्यक छ । यसले शरीरलाई स्फूर्त राख्छ र शरीरमा रक्तसञ्चार पनि प्रभावकारी रूपमा हुन्छ ।
योग र प्राणायाम
परापुर्बकालदेखी नै चल्दै आएको बिभिन्न ग्रन्थहरूमा प्रसस्तै उल्लेख तर हामीले दैनिक जिबनमा कमै अपनाईने एक बिशेष प्रभावकारी माध्यम हो योग र प्राणायाम । योग र प्राणायामले शरीरलाई स्वस्थ राख्न र रोगबाट बचाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । तर, योग अथवा प्राणायाम गर्दा कोही जानकार व्यक्तिसँग सिकेर मात्र नियमित अभ्यास गर्नु आवश्यक छ । यसले रक्तसञ्चार राम्रो हुनुका साथै प्रतिरोधात्मक क्षमतामा पनि राम्रो विकास गर्छ ।
खानपान
मानिसको खानपानसँग स्वास्थ्यको सोझो सम्बन्ध हुन्छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सन्तुलित, पोषिलो र सुपाच्य खानेकुरा खानुपर्छ । दिनभरको खानामा सकेसम्म सबै किसिमको पोषक तत्व सामेल गर्नुपर्छ । हरियो र ताजा खानेकुरालाई प्राथमिकता दिनुपर्छ । अंकुरित अन्न, ड्राइ फ्रुट्स, फलफूल, सलाद, जुसको नियमित सेवन गरौँ ।
पौडी
पौडीलाई व्यायामहरूमा उत्कृष्ठ ब्यायाम मानिन्छ । पौडीले सम्पूर्ण शरीर सञ्चालन हुनुका साथै रक्तसञ्चार प्रभावकारी रूपमा हुन्छ । यसले शरीरलाई तन्दुरुस्त राख्नुका साथै मस्तिष्कलाई पनि ताजा बनाउँछ । हामीले बटरफ्लाई स्ट्रोक, ब्याक स्ट्रोक आदि पौडीको विभिन्न विधि अपनाएर आनन्द पनि लिन सक्छौं ।
सक्रिय जीवनशैली
बिहान उठेपछि योग, प्राणायम, व्यायामबाट शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । यी क्रियाले शरीर लचिलो, फुर्तिलो, बलियो हुन्छ । रक्तप्रवाह प्रभावकारी रूपमा हुन्छ । श्वासप्रश्वास प्रक्रिया राम्ररी हुन्छ । मांशपेशी लचकदार हुन्छ । शरीरका भित्री अंगहरुको व्यायाम हुन्छ । मन शान्त हुन्छ ।
साइक्लिङ
साइक्लिङले रक्तसञ्चार बढाउँछ । यसले खुट्टाको मांसपेशीलाई कसिलो बनाउँछ । जसले कसरतमा त्यति ध्यान दिँदै नदिनेहरूको लागि यो राम्रो कसरत हुन सक्छ । हाम्रो शरीरमा रक्तसञ्चार प्रभाबकारी रूपमा भएमा प्रतिरोधात्मक क्षमता आफैं बढ्छ ।
सकारात्मक मुड
तपाईंको मुडले पनि तपाईंको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ । तपाईं जति धैरै प्रशन्न, जति धेरै उमंगीत, जति धेरै सकारात्मक हुनुहुन्छ, शरीर उत्ति नै राम्रो हुन्छ । उदास, निरास, गंभीर व्यक्तिहरु रोगको चपेटामा छिटै पर्छन् । त्यसैले जति धेरै मिजासिलो, जति धेरै खुसी, उत्तिनै रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।
मसाज
मसाज अथवा शरीरको मालिस गर्नाले पनि रक्तसञ्चार प्रभावकारी हुन्छ । मसाज गर्नाले शरीरमा स्फूर्ति र ताजापनको महसुस हुन्छ । यसले शरीरको थकान र तनावलाई हटाउन सहयोग गर्छ ।
तुलसी
तुलसीले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । तुलसी प्राकृतिक एन्टिबायोटिक हो । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । हरेक दिन बिहान ३ वा ४ वटा तुलसीको पात सेवन गर्नुपर्छ ।
खुट्टालाई माथि उठाउनु
खुट्टालाई माथि उठाउनाले रक्तसञ्चार राम्ररी हुन्छ । यसले खुट्टाको दुखाइ हटाउनुका साथै शरीरलाई पनि आराम दिन्छ । कतिपय नियमित कसरत गरिरहने मानिसहरू टाउको तल र खुट्टा माथि राखेर शीर्षासन गर्ने गर्छन् । यो रक्तसञ्चारको लागि निकै प्रभावकारी आसन हो ।
तरल पदार्थ
शरीरलाई धेरै तरल पदार्थको आवश्यक हुन्छ । मानिसले खाने ठोस पदार्थको तीन गुणा बढी तरल पदार्थ सेवन गर्नुपर्छ । तरल पदार्थमा सादा पानी उत्तम हुन्छ । दिनभरमा कम्तीमा दुई वा तीन लिटर पानी पिउनुपर्छ । त्यसका साथै जुस, सुप पिउनुपर्छ । कतिपय फलफूलमा पनि पानीको मात्रा अत्याधिक पाइन्छ ।
शारीरिक सफाई
रोग प्रतिरोधात्मक क्षमता बढाउन शारीरिक सफाई पनि उत्तिकै आवश्यक हुन्छ । सकेसम्म प्रत्येक बिहान उठेर चिसो पानीले नुहाउनुपर्छ । नुहाउँदा टाउकोबाट सुरु गर्नुपर्छ । यसका साथसाथै मनलाई शान्त र आनन्दित तुल्याउनुपर्छ । मनको शान्तिका लागि प्राणायाम, ध्यानजस्ता विधी सर्वोत्तम हुन्छ । सकारात्मक सोंच चिन्तनले पनि रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।
पानी
पानी प्राकृतिक औषधि हो । प्रशस्त मात्रामा पानी पिउनाले शरीरमा जम्मा भएको सबै प्रकारको विषालु पदार्थ बाहिर निस्किन्छ र यसले प्रतिरोधक क्षमता बढाउँछ । सामान्य तापक्रम भएको पानी अथवा मन्द तातोपानी स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । फ्रिजको पानीले भने स्वास्थ्यलाई हानि गर्ने हुनाले यसको प्रयोग नगर्नु नै राम्रो हुन्छ ।
हसाई
हाँस्नाले शरीरमा भएका धेरै कोषिकाहरू खुल्छन् र रक्तसञ्चार राम्ररी हुन्छ । यसले शरीरमा अक्सिजन पनि प्रशस्त मात्रामा पुर्याउछ । तनावमुक्त भएर हाँस्नाले शरीरको प्रतिरोधात्मक क्षमता बढ्न निकै सहयोग गर्छ ।
बलियो रोग प्रतिरोधक क्षमता विकास गर्नको लागि माथी उल्लेखित विधि तथा जिवनशैलीलाई नियमित रुपमा प्रयोग गर्नुहोला । १÷२ दिन २÷४ पटक गर्दैमा ह्वात्तै रोग प्रतिरोधक क्षमता बृद्वि भइहाल्ने चाहिँ होईन । उचित र प्रभावकारी नतिजाको लागि नियमित नसकिएला तर हप्तामा ३÷४ पटक गर्न आवश्यक हुन्छ ।



